मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राजकुमार राई, फिल्म निर्माता
२०७६ श्रावण २९ बुधबार १०:३१:००
Read Time : > 1 मिनेट
सप्तरंग

कृतिमाथि फिल्म बनाउनु चुनौती : राजकुमार राई

पठन संवाद

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:३१:००

स्तरीय फिल्म बनाउन पुस्तक अध्ययन गर्नैपर्छ । समाज, संस्कृति, परम्परा, साहित्य, जीवनी हरेक क्षेत्रको अध्ययन हुनुपर्छ । फिल्म समाजको कुनै एक पक्षको किताब नै हो । त्यसैले नपढेर त सुखै छैन । सम्बन्धित विषयमा ज्ञान नभई सफल हुन सकिँदैन ।

दर्शकको चाहना, रुचि र सामाजिक परिवेश थाहा पाउन चलचित्र क्षेत्रमा लागेकाले अरूभन्दा बढी अध्ययन गर्नुपर्छ । म सबै खालका किताब पढ्छु । प्रविधिको विकासले हामीलाई अध्ययन गर्न पनि सहज बनाएको छ ।

युट्युबमा हेर्न र अनलाइनमा सुन्न सकिन्छ, तर नेपालीमा किताब या इच्छा लागेका विषय पाउन अलि गाह्रो छ । त्यसैले नेपाली किताब पढ्नैपर्ने बाध्यता छ । पत्रपत्रिकामा आउने समीक्षा र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका आधारमा पुस्तक किनेर पढ्ने गर्छु ।

सामाजिक विषयवस्तुका किताबमा हाम्रो जीवनका हरेक पाना समेटिएको हुन्छ । त्यस्ता किताब पढ्न रमाइलो र चाखपूर्ण लाग्छ । कुनै लेखक विशेषमा म ध्यान दिन्नँ, आफूलाई रुचि लागेको विषय मेरो छनोटमा पर्छन् । कहिल्यै नाम नसुनेको लेखकको किताब पनि पढ्छु ।

कुनै लेखकविशेषमा म ध्यान दिन्नँ, आफूलाई रुचि लागेको विषय मेरो छनोटमा पर्छन् । कहिल्यै नाम नसुनेको लेखकको किताब पनि पढ्छु ।

हरेक किताबले कुनै न कुनै रूपमा प्रभाव पार्छन् । आफू चलचित्र निर्माता भएकाले धेरै नै प्रभावित भएँ भने त्यसलाई फिल्म बनाउनेबारे सोच्छु । त्यस्तै, प्रभाव पारेको कृति इन्द्रबहादुर राईको ‘जार : भएकै एउटा कथा’ हो । त्यस कृतिमाथि फिल्म बनाउन सम्बन्धित पक्षसँग एक चरणको अनुमति लिएको छु । कुनै पनि कृतिबाट फिल्म बनाउन चुनौती हुन्छ ।

त्यसरी फिल्म बनाउँदा कृतिलाई मर्न दिनु हुँदैन । कृतिमा रहेका भिजुअल, पात्र र सामाजिक परिवेशलाई न्यायपूर्ण रूपमा उतार्न सक्नुपर्छ । थोरै मात्र चुकियो भने फिल्म त डुब्छ नै, कृति पनि मर्छ । त्यसैले, यो संवेदनशील काम हो ।