मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार

इलाम सहरी खानेपानी आयोजना : लक्ष्यभन्दा धेरै प्रगति 

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:२७:००

इलामको बहुप्रतिक्षित इलाम सहरी खानेपानी आयोजनाले चार महिनामा १८ प्रतिशत प्रगति हासिल गरेको छ । पहिलो चार महिनामा ३.७५ प्रगति गर्ने लक्ष्य लिएको आयोजनाले १८ प्रतिशत प्रगति हासिल गरेको हो । 

दुईवर्षे निर्माण अवधि रहेको खानेपानी आयोजना ०७७ चैत १७ भित्र पूरा गर्ने लक्ष्य छ । यही गतिमा काम भए निर्धारित समयअगावै आयोजना सम्पन्न हुने  निर्माण कम्पनी रमन–जेआइइटिसी जेभीका इन्जिनियर तथा आयोजनाका व्यवस्थापक मेघराज धिमालले बताए । ‘वर्षा सकिएपछि हामी कामलाई अझै तीव्र बनाउँछौँ,’ उनले भने, ‘अहिले धमाधम सामान आयात गर्ने काम भइरहेको छ, सम्झौता अवधिभन्दा चाँडै निर्माण पूरा गर्ने गरी काम गर्दै छौँ ।’ 

लागत ५७ करोड
आयोजना निर्माणमा ५७ करोड ९५ लाख सात हजार ४ सय ४७ रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाका लागि नेपाल सरकारले ७० प्रतिशत, सहरी विकास कोषबाट २५ प्रतिशत ऋण र बाँकी पाँच प्रतिशत उपभोक्ताले व्यहोर्नेछन् ।

आयोजनामा एक लाख ४९ हजार पाँच मिटर पाइप लाइन रहनेछ । आयोजनाले अहिलेसम्म ४२ हजार एक सय मिटर पाइप आयात गरिसकेको छ । खानेपानी आयोजनाको संरचना निर्माण हुने स्थानको माटो परीक्षण सकिएको छ । १० स्थानमध्ये तीन ठाउँको रिपोर्ट समेत प्राप्त भइसकेको व्यवस्थापक धिमालले जानकारी दिए ।