१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०९:२४:००
Read Time : > 1 मिनेट
नयाँCity

क्वालिटी टाइम विथ यार्सा कफी

Read Time : > 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०९:२४:००

सुन्धारास्थित काठमाडौं मलको पहिलो तलामा बायाँपट्टि ‘यार्सा जाभा’को बोर्ड देख्न सकिन्छ । भित्र पस्दा शान्त वातावरण, सानदार सजावट र ग्राहकको जमघट देखिन्छ । रेस्टुराँभित्र यार्साको कफी बनाइरहेको दृश्य सहरवासीका लागि नौलो हो । सञ्चालनमा आएको एक वर्षमै यार्सा जाभा कफी पारखीका लागि राम्रो गन्तव्य बनेको छ ।

‘सहरवासीका लागि केही नयाँपन दिन खोजेका हौँ,’ रेस्टुराँ सञ्चालक विशाल चौलागाईं भन्छन् । रेस्टुराँको भित्तामा पुस्तक राखिएको छ, जुन बजारमा सहजै उपलब्ध छैनन् । एकापट्टि राखिएको ब्ल्याकबोर्डमा बालबालिका खेलिरहेका हुन्छन्, जसमा ग्राहकले आफूलाई मन परेका कुरा लेख्न पाउँछन् ।

कफी पिउँदै टुँडिखेलका दृश्य नियाल्न सकिन्छ । पृष्ठभूमिमा मधुरो संगीत बजिरहेको हुन्छ । रेस्टुराँमा इन्टरनेटको सुविधा छ, तर अधिकांश ग्राहक पुस्तकमा एकाग्र देखिन्छन् । यार्चा जाभामा पारिवारिक जमघट र बैठक गर्न सकिन्छ । एकपटकमा ४० देखि ५० जनाले सेवा लिन सक्छन् । बिहानदेखि साँझसम्म ग्राहकको भिड रहन्छ । खासगरी, दिउँसो रेस्टुराँ भरिभराउ रहन्छ ।

रेस्टुराँमा पुगेका ग्राहकले अतिरिक्त कर र सेवाशुल्क तिर्नुपर्दैन, मेनुमा उल्लेखित मूल्य तिरे पुग्छ । अर्डर गरेको छोटो समयमै कफी सर्भ गरिन्छ । खाजा पनि सकेसम्म चाँडो ग्राहकको टेबलमा आइपुग्छन् । ‘अरेबिका प्रजातिको कफी तथा बझाङ र डोल्पाबाट ल्याइएको सिनसेप नामक यार्सा कफीमा राखिन्छ,’ चौलागाईं भन्छन्, ‘गाउँघरबाट सस्तोमा यार्सा ल्याएर अत्याधुनिक प्रविधिको मेसिनबाट प्रशोधन गर्ने गरेका छौँ ।’

अरेबिका प्रजातिको कफी तथा बझाङ र डोल्पाबाट ल्याइएको सिनसेप नामक यार्सा कफीमा राखिन्छ, गाउँघरबाट सस्तोमा यार्सा ल्याएर अत्याधुनिक प्रविधिको मेसिनबाट प्रशोधन गरिन्छ  ।

उनका अनुसार एउटा कपमा करिब तीन ग्राम यार्सा र सात ग्राम कफी राखिन्छ । त्यसका तीन परिकार छन्– यार्साको चूर्ण राखिएको ‘यार्सा विथ कफी’, यार्सागुम्बा प्रिमियम र सिंगल पिस यार्सागुम्बा विथ कफी । सपिङका लागि मल छिर्नेका लागि साथीभाइ र परिवारसँग क्वालिटी टाइम बिताउने बहाना दिएको छ जाभाले ।

औषधीय गुणले भरिपूर्ण यार्सालाई कफीमा राखेर सर्भ गर्न सकिन्छ या सकिँदैन भन्ने अनुसन्धानमै करिब चार वर्ष लागेको थियो । अमेरिकामा रहेका खाद्य वैज्ञानिक नारायण घिमिरेले त्यहाँको ‘फुड एन्ड सेफ्टी’बाट खानयोग्य प्रमाणित गरेपछि मात्र यसको सुरुवात गरिएको हो । रेस्टुराँमा मासिक आधादेखि एक किलोसम्म यार्सा खपत भइरहेको छ ।

सञ्चालक चौलागाईं आफ्नो बिजनेसलाई संसारभरि फैलाउने सोचमा छन् । कफीका पारखीले काठमाडौंबाहिर पनि आउटलेट खोल्न आग्रह गरिरहेको उनी बताउँछन् । उनका अनुसार बजार अध्ययन गरेर पोखरा र लुम्बिनीमा आउटलेट खोल्ने तयारी छ । विदेशमा उनको रोजाइको गन्तव्य अस्ट्रेलिया हो ।

मुख्य परिकार

  •  यार्सा विथ कफी
  •  प्रिमियम यार्सा विथ कफी
  •  ब्लेन्डेड बेभरेज
  •  अन्य कफी
  •  स्पाइसी चिकेन बर्गर
  •  चिकेन कट्टी रोल
  •  ननभेज चप्सी
  •  चिकेन सुप्रिम पिज्जा
  •  ननभेज आइटम 
  •  बिर्यानी

तस्बिर : संजित परियार