१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण २९ बुधबार ०९:१४:००
Read Time : < 1 मिनेट
समाचार

कपडा बैंकमा अन्य सामान

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०९:१४:००

बाग्लुङ सदरमुकाममा पनि कपडा बैंक सञ्चालन भएको छ । ओशो अमृतम ध्यानकेन्द्र बाग्लुङले विपन्न समुदाय लक्षित गरी कपडा बैंक स्थापना गरेको हो । बैंकमा पुनः प्रयोग गर्न मिल्ने पुराना सामान स्वतस्फुर्त ल्याएर राख्न र आवश्यक पर्नेले लैजान सक्नेछन् । 

प्रयोग गर्न छोडेका पुराना कपडा, विद्युतीय उपकरणलगायत सामग्री संकलन गरी गरिब, विपन्न, दीन दुःखीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले केन्द्रले कपडा बैंक सञ्चालन गरेको हो । ओशो अमृतम ध्यानकेन्द्र बाग्लुङका अध्यक्ष लिला खड्काका अनुसार हुने खानेले राख्ने र हुँदा खानेलाई उपलब्ध गराउने प्रयासका साथ कपडा बैंक सञ्चालन गरिएको हो । 

बैंक जिल्ला प्रशासनय कार्यालय छेउमा रहेको ज्ञानोदय बौद्ध विहारमा सञ्चालन गरिएको छ । बैंकमा पुनः प्रयोग गर्न मिल्ने कपडाका साथै जुत्ता, भाँडा, बालबालिकाका लागि खेलौना, विद्युतीय उपकरणलगायत सामग्री छन् ।