मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २९ बुधबार ०८:२७:००
Read Time : > 1 मिनेट
खेलकुद

ट्विटले  दिलायो सन्दीपलाई अमेरिकाकाे भिसा

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०८:२७:००

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने मंगलबार बिहान अमेरिकी दूतावास पुगे । सेप्टेम्बरमा सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि त्यसतर्फ जान उनले अमेरिकी दूतावासमा भिसाको आवेदन दिएका थिए । उनले सबै प्रक्रिया पूरा गरेपछि मंगलबारका लागि अन्तर्वार्ता तय भयो । सोहीअनुसार उनी बिहान दूतावासमा प्रक्रिया पूरा गर्न पुगे, तर चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलका सन्दीपलाई त्यतिवेला झट्का लाग्यो जतिवेला उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्‍यो । त्यसपछि उनले आफ्ना धेरै समर्थकमाझ ट्विट गर्दै अमेरिकाले भिसा नदिएको जानकारी गराए । त्यसपछि उनी मंगलबार दिनभर सामाजिक सञ्जालमा हटकेक बने ।

यस्तो थियो ट्विट 
सिपिएलको डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्राइडेन्ट्समा गत जेठमा भएको अक्सनमा ७० हजार अमेरिकी डलरमा आबद्ध भएका थिए सन्दीप । तर, उनले मंगलबार भिसा नपाएसँगै लगातार दुईवटा ट्विट गरे, प्रधानमन्त्री कार्यालय, अमेरिकी राजदूतावासलाई मेन्सन गर्दै पहिलो ट्विट गरे । जहाँ उनले नेपालको राष्ट्रिय खेलाडीका रूपमा २०१६ देखि विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गरिसकेको, तर भिसा अस्वीकार हुँदा आफू आश्चर्यचकित भएको बताए ।

लगत्तै उनले दूतावास, प्रधानमन्त्री कार्यालय, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेलो सरकार, परराष्ट्र मन्त्रालय, सिपिएल र आफ्नो टिम बार्बाडोस ट्राइडेन्ट्सलाई मेन्सन गर्दै दोस्रो ट्विट गरे । जहाँ उनले सबै डकुमेन्ट पूरा हुँदा पनि भिसा अस्वीकार भएको भन्दै आफू निःशब्द भएको बताए । उनले सिपिएलमा सहभागी भएर बार्बाडोस ट्राइडेन्ट्सका लागि खेल्न केही समस्या हुन सक्ने चिन्ता व्यक्त गरे । उनका यिनै दुई ट्विटले दिनभर सामाजिक सञ्जाल तात्यो । दूतावासदेखि मन्त्रालयसम्म सन्दीपले तरंगित पारे ।

ट्विटकै कारण तीन घन्टा नबित्दै दूतावास उनलाई पुनः बोलाएर भिसा दिन बाध्य भयो । भिसा पाएपछि उनले अर्को ट्विट गर्दै दूतावास, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, मन्त्री ज्ञवाली, हेलो सरकार र बार्बाडोस ट्राइडेन्ट्सलाई मेन्सन गर्दै उनले सहयोग गर्ने सबै शुभचिन्तकलाई धन्यवाद दिएका थिए ।