१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २९ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

डे पार्टीका लागि यस्ता कपडा छान्नुस्

फेसन संवाद

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०८:२५:००

अहिलेको मौसममा शीतल र सहज कपडा लगाउनुपर्छ । खोजेजस्तो सहज कपडा भेट्टाउन गाह्रो हुन्छ । त्यसमाथि पार्टीमा लगाउने ड्रेस रोज्नुपर्दा समस्या हुन सक्छ । अझ दिउँसोको पार्टी हुँदा झनै समस्या हुन्छ । समयअभावका कारण जन्मदिनकोे पार्टी तथा गेट–टुगेदर कार्यक्रम पनि दिउँसो नै गर्नुपर्ने हुन सक्छ । दिउँसोको गर्मी समयमा स्मार्ट देखिनेगरी कस्ता कपडा चयन गर्न सकिन्छ त ? केही टिप्स यस्ता छन् :

निलेन्थ
हामी दिउँसोको पार्टीमा जाँदा निलेन्थ भएका वानपिस लगाउन सक्छौँ । यो विभिन्न डिजाइनमा पाउन सकिन्छ । आफ्नो शारीरिक वनावटअनुसारको, खोजेको  रङमा रेडिमेड नपाइन पनि सक्छ, यस्तोमा हामी फेसन डिजाइनर कहाँ जान सक्छौँ ।

पार्टीमा जाँदा अरूभन्दा फरक देखिने सबैको चाहना हुन्छ, यसका लागि डिजाइनर कहाँ गएर तयार पारेको कपडा प्रयोग गर्नु राम्रो हुन्छ । यो अरूसँग मिल्ने अथवा नराम्रो हुने सम्भावना हुँदैन । 


रेडिमेड पहिरन रोज्दा पनि आफ्नो शारीरिक बनावटअनुसार रोज्न सकिन्छ । दिउँसोको पार्टीमा नटल्किने कपडा रोज्नुपर्छ । कटनको कपडा रोज्नु राम्रो हुन्छ ।

यदि शरीर मोटो छ भने अफ सोल्डर, भिनेक, कट वे लाइन डिजाइन राम्रो हुन्छ । पातलो शरीर भए फिटिङ लगाउनु नै राम्रो हुन्छ ।

ए लाइन कट
ए लाइन कट निलेन्थ वान पिस पनि राम्रो हो । यो जस्तो फिगर भएकालाई पनि राम्रो देखिन्छ । स्मार्ट लुक्स दिनका लागि यो डिजाइन पर्फेक्ट हो । विशेषगरी शरीर मोटो भएकाको लागि अझ राम्रो हुन्छ । ए कट डिजाइन हुने भएकाले यो लगाउँदा पेट देखिँदैन ।  

धेरै कलर टोन नभएको
आइक्याची कलरको प्रयोग गर्नुपर्छ । गर्मी मौसम भएकाले ह्वाइट, बेबी पिंक, लिभेन्डर, लाइट स्काई ब्लुलगायत कपडाको प्रयोग गर्न सकिन्छ ।

अलि मोटो शरीर भएकाले डार्क टोनको कलर प्रयोग गर्न सकिन्छ । तर, दुई कलर टोन मात्रै प्रयोग गर्नु राम्रो हुन्छ । बढी कलर अर्थात् रंगीचंगी कलर मिलाउँदा राम्रो नदेखिन सक्छ ।