मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २९ बुधबार ०८:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फुड पोइजनिङबाट यसरी बच्ने

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०८:०२:००

वर्षात्को समयमा रोगको संक्रमण फैलने सम्भावना अत्यधिक रहन्छ । खासगरी दूषित पानी, बासी, सडेगलेको तथा झिँगा भन्केको खानेकुराका कारण पनि गर्मी याममा फुड पोइजनिङ हुन सक्छ । घरमै तयार पारिएका खानेकुराको प्रयोगबाट पनि फुड पोइजनिङ हुन सक्छ । 

कारण 

  • प्रदूषित खाना र पानीबाट ब्याक्टेरिया,परजीवी, भाइरस तथा विषादी शरीरमा प्रवेश गर्छन् । जसकारण केही समयमै डाइरिया हुने, बान्ता हुने, पेट दुख्ने, हलुका ज्वरो आउने हुन सक्छ ।
  • फुड पोइजनिङ कुन जीवाणुका कारणले हुन्छ भन्ने यकिन छैन । तर, अस्वस्थ खानपानका कारण नै यो समस्या देखिन्छ ।
  • फुड पोइजनिङ तीन–चार हप्तासम्म पनि रहन सक्छ । तसर्थ, वर्षात्को समयमा खानपानमा विशेष ध्यान दिनुपर्छ । 

पकाउने स्थान, भण्डारण गरिने स्थान र पकाउने व्यक्ति सफा हुन जरुरी छ । खाना खानुभन्दा र पकाउनुभन्दा अगाडि राम्रोसँग हात धुनुपर्छ । बाहिर खुला राखिएका खानेकुरा खाँदा ब्याक्टेरियल संक्रमण हुने सम्भावना उच्च रहन्छ ।

कसरी बच्ने ?

  • फ्रिजमा राखिएको खानेकुरा पनि स्वस्थ नहुन सक्छ । लामो समयसम्म राख्दा बिग्रने भएकाले खानुभन्दा अगाडि गन्हाए/नगन्हाएको सुनिश्चित गरेर मात्र खानुपर्छ । 
  • पकाएको खानालाई दुई घन्टाभन्दा बढी समय राख्नुहुँदैन । यसलाई उचित समयमै खानुपर्छ र उपयुक्त तापक्रममा सुरक्षित राख्नुपर्छ ।
  • खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ । काँचै सेवन गर्ने खाद्यान्न तथा फलफूल पनि राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ । 
  • पकाउने स्थान, भण्डारण गरिने स्थान र पकाउने व्यक्ति सफा हुन जरुरी छ । खाना खानुभन्दा र पकाउनुभन्दा अघि राम्रोसँग हात धुनुपर्छ । बाहिर खुला राखिएका खानेकुरा खाँदा ब्याक्टेरियल संक्रमण हुने सम्भावना उच्च रहन्छ ।
  • बाहिरबाट आएपछि, जनावरलाई छोएपछि, कुनै काम गरेपश्चात् राम्ररी हात धुनुपर्छ । भान्साकोठामा प्रयोग गरिने भाँडाकुँडा, तौलिया, भाँडा सफा गर्ने कपडा आदि राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
  • राम्ररी नपाकेको अण्डा, सागपात, माछा र मासु खानुहुँदैन । बाटोमा बेच्न राखिएका खानेकुरा सकेसम्म खानुहुँदैन । बाहिरको खानेकुरा पनि सफा भए÷नभएको यकिन गरेर मात्र खानुपर्छ । 
  • गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाले खानपानमा विशेष ध्यान दिनुपर्छ । पानीको शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ । 
  • प्रशस्त मात्रामा झोलिलो तथा नुनिलो खानेकुरा, जस्तैः जीवनजल खानुपर्छ ।