१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग

१५ सय तलब बुझ्थे कपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:०२:००

सञ्चारमाध्यमहरूका अनुसार ‘द कपिल शर्मा सो’बाट कमेडियन कपिल शर्माले प्रतिएपिसोड कम्तीमा १५ लाख भारतीय रुपैयाँ बुझ्छन् । तर, कुनै समय यस्तो पनि थियो, जतिवेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु लिन्थे । 

उनले ‘द कपिल शर्मा सो’मै यसको खुलासा गरेका हुन् । कार्यक्रममा आफ्नो फिल्म प्रमोसनका लागि सोनाक्षी सिन्हा र बादशाह पुगेका थिए । उनीहरूसँग कपिलले प्रिन्टिङ मिलमा काम गर्दाको अनुभव साटेका हुन् ।

कपिलले आफ्नो जागिरको सुरुवात कपडा छपाइ हुने मिलबाट गरेका थिए । उनको पहिलो तलब १५ सय रुपैयाँ थियो । कपिलको कुरा सुनेपछि अर्चना पुर सिंहले ठट्टा गर्दै भनिन्, ‘अब उनी नोट छाप्दै छन् ।’

र्‍यापरबाट अभिनेता बनेका बादशाहले पनि यस कार्यक्रममा आफ्नो पहिलो कमाइको खुलासा गरे । बादशाहका अनुसार उनले पहिलोपटक र्‍यापर प्रस्तुति दिँदा तीन सय भारतीय रुपैयाँ कमाएका थिए । ‘खानदानी सफाखाना’ फिल्ममा बादशाहले सोनाक्षीसँग स्क्रिन सेयर गरेका छन् । यो फिल्म २ अगस्टमा रिलिज भएको थियो, तर सुरुवात राम्रो भएन ।