मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग

पाकिस्तानमा प्रस्तुति दिएपछि मिका सिंह विवादमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०७:५९:००

बलिउड गायक मिका सिंहमाथि आफ्नै समर्थकले निसाना साँधेका छन् । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफका नातेदारको बिहे पार्टीमा प्रस्तुति दिएपछि उनीसँग फ्यान चिढिएका हुन् । 

मिका पछिल्ला केही दिनदेखि कराँचीमा थिए । जब उनको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा आयो, त्यसपछि समर्थकले कडा टिप्पणी गर्न थाले । संविधानको अनुच्छेद ३७० निस्प्रभावी बनाउँदै जम्मु–कास्मिरलाई केन्द्रशासित प्रदेश बनाउने भारतको निर्णयसँगै भारत–पाक सम्बन्धमा दारार आएको छ ।

पाकिस्तानले भारतसँगका सबै सम्बन्ध समाप्त भएको घोषणा गरेको छ । समर्थकका अनुसार यस्तो गम्भीर घडीमा मिकाले पाकिस्तानमा प्रस्तुति दिनु लज्जास्पद छ ।

एक समर्थकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिकाको पासपोर्ट र नागरिकता रद्द गरिनुपर्छ । उनलाई पाकिस्तानमै बस्न दिऊँ ।’ मिकाले ८ अगस्टमा प्रस्तुति दिएका थिए, भारतीय सञ्चारमाध्यमका अनुसार उनी १४ जनाको समूहमा गएका थिए र प्रस्तुतिबापत उनलाई एक करोड ६ लाख भारतीय रुपैयाँ मिलेको थियो ।