मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०७:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग

रानीको मर्दानी २ डिसेम्बरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०७:५२:००

बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी ठूलो पर्दामा नदेखिएको एक वर्षभन्दा धेरै भयो । तर, यसै वर्ष १३ डिसेम्बरमा उनी अभिनीत ‘मर्दानी २’ रिलिज हुँदै छ । यशराज फिल्मस्ले इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेकोे हो । 

फिल्मको सुटिङ सकिइसकेको छ । यसमा रानीले पुलिस अफिसर शिवानी शिवाजी रायको भूमिका निर्वाह गर्दै छिन् । सन् २०१४ मा प्रदर्शनमा आएको मर्दानीको सिक्वेल हो, मर्दानी–२ । यस फिल्मलाई गोपी पुथरनले निर्देशन गर्दै छन् ।

फिल्ममा अपराधी गिरोह समाउने र लुकाउनेहरूको योजनालाई देखाइएको छ । पछिल्लोपटक रानी सन् २०१८ मा हिच्कीमा देखिएकी थिइन् । मार्चमा रिलिज भएको हिच्कीले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो भने रानीको अभिनयको प्रशंसा देश–विदेशमा भयो ।