मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अशेष मल्ल नाट्यकर्मी
२०७६ श्रावण २९ बुधबार ०७:५४:००
Read Time : > 1 मिनेट
सप्तरंग

महिला हिंसाविरुद्ध अर्को कुरुक्षेत्र

नाटक संवाद

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०७:५४:००

ठूलो राजनीतिक परिवर्तन त आयो, तर सामाजिक चेतनाको विकास हुन सकेन । महिलाहरू अझै तनावमुक्त छैनन् । महिला हिंसाविरुद्धको आवाज उठेको छ, तर हिंसा रोकिएको छैन । द्रोपदी, सीताले भोगेको यातना आजका महिलाले पनि भोग्दै आइरहेका छन् । मरिरहेका छन्, निर्मलाहरू । तर, सत्ता र शक्ति मौन छ, जसरी मौन थिए भीम र अर्जुनहरू ।

द्रौपदीदेखि निर्मलासम्म, सीताको अग्निपरीक्षादेखि रामबतियाको अग्निदाहसम्मको प्रतीकात्मक कोलाजीय प्रस्तुति दिने सोच आइरहेका वेला सम्पदा मल्लले लेखेको कथाले मलाई छोयो । त्यही कथालाई ‘अर्को कुरुक्षेत्र’मा उतारेको हुँ । 

मेरो मान्यता नाटकले मनोरञ्जनसँगै सन्देश पनि दिनुपर्छ भन्ने हो । कम्तीमा दुईजना मान्छेले नाटकले उठाएको मुद्दासँग चासो राखोस् । नाटक हेरिसकेर बहस होस् । त्यही सोचेर मैले सम्पदाको कथालाई नाट्य रूपान्तरण गरेँ ।

यस नाटकमा तत्कालीन जनयुद्धमा होमिएका महिलाहरूले भोगेको यातना र जनयुद्धमा लागेका नारीहरूको संवेदना उतार्ने कोसिस गरिएको छ । हामीले यसमाथि लामो अनुसन्धान पनि ग-यौँ । धेरै नारीले अहिले पनि आत्मसमर्पण गरेको पायौँ । थोरैले मात्रै विद्रोह गर्न आँट गरेको देखियो । तर, त्यही विद्रोहलाई पनि दबाउन खोजिएको पाइयो ।

मेरो मान्यता नाटकले मनोरञ्जनसँगै सन्देश पनि दिनुपर्छ भन्ने हो । कम्तीमा दुईजना मान्छेले नाटकले उठाएको मुद्दासँग चासो राखोस् । 

विद्रोही नारीलाई समाजले बुझेन 
समाजमा महिलाहरू अझै पनि स्वतन्त्र छैनन् । विद्रोही नारीभित्र पनि धेरै संवेदना छ । प्रेम छ । जसलाई समाजले चिन्न सकेन । बुझ्न सकेन । महिलाहरू स्वयं आफ्नो संरक्षण गर्न सक्छन् । तर, अवसर दिन पुरुषप्रधान समाजले रोकेको छ ।

कहिलेसम्म महिलाको कथा पुरुषले मात्रै लेख्ने । अब उनीहरू आफैँले लेख्छन् भन्ने सन्देश नाटकले दिएको छ । कलाकार उषा रजक यसमा मुख्य भूमिकामा हुनुहुन्छ । मितव्ययी अवधारणामा काम गर्ने मेरो रुचिलाई यस नाटकमा प्रयोग गर्ने प्रयास गरेको हुँ । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छ ।