मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार

विश्वविद्यालयको नियुक्तिमा दलीय भागवण्डा भए आन्दोनल गर्ने डा. केसीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार २०:०१:००

विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा विगतमा जस्तै दलीय भागवण्डा भए आन्दोलन सुरु गर्न बाध्य हुने डा. गोविन्द केसीले चेतावनी दिएका छन् । 

केसीले मंगलबार विज्ञप्ती जारी गर्दै दलीय भागगण्डा तोडेर ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
उनले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई विश्वविद्यालयहरुमा नियुक्त नगर्न आग्रह गरेका छन् । त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था भर्खरै सतहमा

आएकाले फेरि भावण्डाका आधारमा नियुक्ति गरिए लज्जास्पद हुने उनको भनाइ छ । 

यसैबीच चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएको विभिन्न वहाना देखाई केही मेडिकल कलेजले विद्यार्थी भर्ना सुरु गरेको भर्ना रद्द गर्न उनले माग गरेका छन् । ऐनमा समावेश भएको  ७५ प्रतिशत छात्रावृत्ति, साझा प्रवेश परीक्षा लगायतका बुँदा कार्यन्वयन गरेर मात्र भर्ना सुरु गर्न उनले माग गरेका छन् ।