१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार

गोंगबु बसपार्कको जमिन दुरुपयोग भएको कांग्रेस सांसदको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार १९:४५:००

कांग्रेस सांसद अमरेशकुमार सिंहले गोंगबुस्थित नयाँ बसपार्कको जमिन दुरुपयोग गर्दै भ्रष्टाचार भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै सिंहले गोंगबुमा बनेको बसपार्क १ सय ६५ रोपनीको भए पनि ६० रोपनी मात्र प्रयोग भएको उल्लेख गर्दै बाँकी जमिन दुरुपयोग गरिएको दाबी गरे । ठूला संरचना बनाउन नपाउने नियम विपरित बसपार्कको जमिनमा ठूला भवन र सपिङ कम्प्लेक्स बनाइएको भन्दै उनले आपत्ति जनाए । 

‘बसपार्क रहेको ६० रोपनी बाहेक खाली रहेको १ सय ५ रोपनी जमिन अहिले दुरुपयोग भइरहेको छ,’ उनले भने, ‘जमिन दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ र यसको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ ।’ 
उनले यस्तै अवस्था रहे टुंडिखेल, सिंहदरबार, संसद भवन पनि विचौलियाले हिनामिना हुने अवस्था आउने तर्फ सरकारलाई सचेत गराए । 

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई देख्न सक्दिँन भनेको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई दृष्टिदोष हटाउने चश्माको जरुरी रहेको बताए । ‘भ्रष्टाचारी प्रधानमन्त्रीकै वरीपरी छन्,’ उनले भने, ‘नजिक देखिने चश्मा उपलब्ध गराउँ । सबै उहाँकै छेउछाउ छन् ।’

उनले भ्रष्टाचार गर्ने ठूला कर्मचारी र नेतालाई कारबाही नभए पनि साना कर्मचारी भने आत्महत्या गर्न बाध्य हुने अवस्था सृजना हुनु दुःखद भएको बताए ।