Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका महोत्तरी 
२०७६ श्रावण २८ मंगलबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

घुस लिएको आरोपमा वडाध्यक्षसहित तीन पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी 
२०७६ श्रावण २८ मंगलबार १९:३६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भगाहा नगरपालिका ८ का वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । 

वडाध्यक्ष मोहमद रफिक आलमले योजना सम्पन्न वापतको सिफारीस दिन सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोग बर्दिबास सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घुस वापतको रकम सोही वडाका सदस्य कारी साहका छोरा मुकेशले जनकपुरको पिडारीचोकमा असुलेको अवस्थामा रंगेहात पक्राउ गरीएको आयोगले जनाएको छ । मुकेशले सेवाग्राहीसँग लिएको १ लाख ६० हजार नगदसहित उनलाई पक्राउ गरिएको थियो ।

मुकेशलाई सोधपुछ गरी आयोगको टोलीले वडाध्यक्ष आलम र वडासदस्य कारी साहलाई महोत्तरीको सितापुर चोकबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।