१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार १८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ट्याक्सी संचालन नगरेको पठाओको स्पष्टीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २८ मंगलबार १८:३७:००

पठाओ नेपालले ट्याक्सी संचालन नगरेको स्पष्ट परेको छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेको छ । 

पठाओले ट्याक्सी संचालन नगरेको नभई भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो । पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले चार पांग्रे नीजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने हल्लाको पछाडि नलाग्न आग्रह गरे । 

कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको पठाओकले खण्डन गरेको छ । कार लाइट सेवा अन्तर्गत  ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ ।