मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २२ बिहीबार
  • Thursday, 04 June, 2020
२०७६ श्रावण २८ मंगलबार १४:४२:००
समाचार

‘पहिलोपटक सांसद हुँदा आफ्नै नाम लेख्न पाँच मिनेट लाग्थ्यो’

२०७६ श्रावण २८ मंगलबार १४:४२:००

नेकपाकी सचेतक शान्ता चौधरीले कुनै पनि बालबालिकालाई पढाईबाट बञ्चित गर्न नहुने बताएकी छिन् । 

संस्थागत विद्यालय संघ नेपाल (इसान)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विद्यालय जानुपर्ने आठ वर्षकै उमेरमा कमलरी बनेर साहुका घरमा काम गर्नु परेको आफ्नो विगत विद्यार्थीलाई सुनाइन् । 

बाल्यकालमा चाहेर नभई गरिबीका कारण आफैं पढ्ने उमेरमा साहुका छोराछोरीलाई स्कुल पु¥याउनु परेको उनले बताइन् । 

‘पढ्न पाउनुलाई एउटा अवसरका रुपमा सदुपयोग गर्नुहोला,’ उनले भनिन, ‘सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेको छ । अब कोही पनि पढाईबाट बञ्चित हुनुपर्दैन ।’

आफ्नो विगत सम्झिँदा अधिकांश समय भावुक बन्ने गरेको उल्लेख गर्दै उनले शिक्षाको महत्व आफुले राम्रोसँग बुझेको बताइन् । 

‘म पहिलोपटक सांसद हुँदा आफ्नो नाम लेख्न पाँच मिनेट लाग्थ्यो ,’ विगत सम्झँदै उनले भनिन, ‘शिक्षाविना जीवन अन्धकार हुन्छ, मैले दुवै आँखा भएर पनि अन्धो भएको महसुस गरेकी छु ।’ 

सांसद भएपछि पनि कक्षा–८ सम्म नियमित विद्यालय गएरै पढेको र यसवर्ष एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएको उनले सुनाइन् । ‘मलाई सानो हुँदा स्कुल जाने ठूलो रहर भए पनि साहुका भाँडा माझेर बस्नु प¥यो,’ उनले भनिन, ‘अहिले बुढेसकालमा भएपनि पढ्ने धोको पूरा गर्दैछु । पीएचडी गर्ने धोको छ ।’ 

उनले एसइई परीक्षा लेख्दै गर्दा कोरिया जान लागेको डिग्री उत्तीर्णसँग जोडेर ‘दश फेल देश चलाउने, डिग्री पास पलायन हुने’ भनेर व्यग्ंय गरिएको भन्दै पढेका युवालाई विदेशिनुको सट्टा स्वदेशमै अवसर खोज्न सुझाव दिइन् ।

काठमाडौंका बालबालिकाले ठूलो अवसर पाएको बताइन् । ‘तपाईहरुले ठूलो अवसर पाउनुभएको छ, तपाईहरु भाग्यमानी हो,’ उनले भनिन् । उनले पढ्न चाहने सबैलाई बातावरण बनाइदिन अभिभावकलाई आग्रह गरिन् । एसइई उत्तीर्णपछि सांसद चौधरी हाल मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा–११ मा भर्ना भएकी छिन् ।