मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दिपलाई अमेरिका प्रवेशमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ११:०६:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।  उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।

उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।