मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार १०:४०:००
Read Time : > 3 मिनेट
लोकसेवा

सार्वजनिक खरिद र नेपालको सार्वजनिक खरिद प्रक्रियामा देखिएका समस्या

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार १०:४०:००

प्रश्नः सार्वजनिक खरिदबारे चर्चा गर्दै नेपालको सार्वजनिक खरिद प्रक्रियामा देखिएका समस्या औँल्याउनुहोस् ।  (१०)

आर्थिक अनुशासनका  लागि नियमसंगत खरिद

सार्वजनिक खरिद भन्नाले सार्वजनिक निकायले सार्वजनिक खरिद ऐन ०६३ बमोजिम कुनै मालसामान परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कामलाई बुझाउँछ । सार्वजनिक खरिदको उद्देश्य भनेको खरिद प्रक्रियामा हुने अनियमितताको अन्त्य गरी प्रतिस्पर्धा, स्वच्छता र विश्वसनीयताको प्रवद्र्धन गर्नु हो । सार्वजनिक खरिदले मालसामान, परामर्श सेवा, निर्माण कार्य खरिद आदिलाई जनाउँछ । 

नेपालमा सार्वजनिक खरिदलाई व्यवस्थापन गर्न सार्वजनिक खरिद ऐन ०६३ र नियमावली ०६४ को व्यवस्था गरिएको छ । कानुनतः सोझै बजारबाट, कोटेसनबाट र बोलपत्रद्वारा वस्तु तथा सेवा खरिद गर्ने व्यवस्था रहेको छ । यद्यपि लोभी, पापी संस्कार र कानुनका चरणहरूले खरिद प्रक्रियामा पारदर्शिता कायम हुन नसक्दा खरिदको औचित्यमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । 

नेपालको सार्वजनिक खरिदमा देखिएका समस्या

  •      खरिद कानुनबारे कमजोर, फरक–फरक वा आफ्नै ढंगले बुझाइ हुनु,
  •      खरिद कानुनको पूर्ण परिपालनमा समस्या रहनु,
  •      खर्चको मापदण्ड स्पष्ट नहुनु र अत्यधिक खरिद हुनु,
  •      सिलबन्दी दरभाउपत्र वा बोलपत्र छल्ने उद्देश्यले खरिद कार्यलाई टुक्रा पार्ने प्रवृत्ति रहनु,
  •      खरिद प्रक्रियामा मिलेमतो गरी बढी तिरेर सरकारी कोषको हानि–नोक्सानी पु¥याउनु,
  •      आवश्यकतामा आधारित नभई खरिद कार्य भइरहनु, 
  •      सार्वजनिक खरिद प्रक्रियाबारे खरिद अनुगमन कार्यालयबाट निरन्तर अनुगमन र मूल्यांकन हुन नसक्नु,
  •      सार्वजनिक खरिद कार्यमा संलग्न व्यक्तिलाई उचित तालिमको व्यवस्था हुन नसक्नु, 
  •      सार्वजनिक खरिद प्रक्रियामा अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बन हुन नसक्नु,
  •      खरिद कारोबारमा बोलपत्र कागजात र सम्झौता तयार गर्दा नमुना बोलपत्र कागजात प्रयोग नगर्नु,
  •      अनियमितताको अनुगमन गरी दण्डनीय बनाउन नसक्नु,
  •      म्याद थप, भेरिएसन र मूल्यवृद्धिजस्ता विषयमा सार्वजनिक पदाधिकारीबाट कानुनअनुसारको कार्य नभई स्रोतको दुरुपयोग हुनु,
  •      कानुन कार्यान्वयन र परिपालनामा सरकारी पदाधिकारी उदासीन रहनु,
  •      कानुनमा झन्झटिला र जटिल प्रावधान रहनु,
  •      खरिद प्रक्रियामा ओभरसाइड एजेन्सीको सक्रियता बढ्नु,

यसरी सार्वजनिक खरिद प्रक्रियामा रहेका उल्लिखित समस्या तथा चुनौतीलाई न्यूनीकरण गर्न सकेमा खरिद प्रक्रियामा सुधार ल्याई सरकारले गर्ने खर्चमा जनविश्वास अभिवृद्धि हुन्छ । त्यसैले सरोकारवाला सबैलाई रीतपूर्वकको खरिदमा अभ्यस्त गराउन सके खरिदमा देखिएका समस्या न्यूनीकरण हुन्छ । त्यसका लागि जिम्मेवार व्यक्ति, पदाधिकारी र निकायको सोच र कार्यशैलीमा परिवर्तन ल्याउनु आजको आवश्यकता हो ।

प्रश्नः सामाजिक सुरक्षाको अवधारणा उल्लेख गर्दै यसको आवश्यकताबारे उल्लेख गर्नुहोस् ।    (५)
असहाय नागरिकको रक्षा  सामाजिक सुरक्षा

राज्यको स्रोत, साधन तथा पहुँचबाट टाढा रहेका महिला, दलित, असहाय, ज्येष्ठ नागरिक, अपांग, एकल महिला, अनाथ बालबालिका तथा आर्थिक र सामाजिक रूपमा पिछडिएका सबै वर्ग तथा क्षेत्रलाई राज्यबाट प्रदान गरिने विशेष व्यवस्थालाई नै सामाजिक सुरक्षा भनिन्छ । सामाजिक सुरक्षा सामाजिक न्यायको एक भाग हो । नेपालको वर्तमान संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा समावेश गरेको छ ।

सामाजिक सुरक्षाको आवश्यकता

  •      राज्यबाट पछाडि परेका वर्ग–समुदायको हक–अधिकारको संरक्षण गर्दै उनीहरूको आवाजको वकालत गर्न,
  •      राज्यको स्रोत तथा साधनमा सबै वर्ग, क्षेत्र र समुदायको पहुँच वृद्धि गर्न,
  •      मुलुकमा आर्थिक तथा सामाजिक न्याय कायम गर्न,
  •      वञ्चिति र अन्यायमा परेका वर्ग, समुदायको सशक्तीकरण गर्न,
  •      सामाजिक न्यायको माध्यमबाट समतामूलक समाजको निर्माण गर्न,
  •      मानव–अधिकारको संरक्षण र संवद्र्धन गर्न,
  •      मुलुकको समग्र गरिबी निवारणमा टेवा पु-याउन,
  •      लैंगिक समानता तथा सशक्तीकरण कायम गर्न,
  •      न्याय र नैतिकतामा आधारित समाजको निर्माण गर्न,
  •      लोक–कल्याणकारी राज्यको प्रवद्र्धन गर्न ।

यसरी सामाजिक सुरक्षा सामाजिक न्याय कायम गर्ने एउटा माध्यम हो । यसबाट तोकिएको वर्गलाई फाइदा पुग्ने गरी कार्यक्रम अगाडि बढाउन सकेमा मात्र लक्षित वर्ग यसबाट लाभान्वित हुने देखिन्छ । 

स्थानीय तहअन्तर्गत छैटौँ तहका अधिकृत परीक्षाको तृतीय–पत्र आर्थिक कार्यप्रणाली र राजस्व प्रशासनसम्बन्धी सम्भावित १० प्रश्न
१.     अन्तरसरकारी वित्तीय हस्तान्तरण भन्नाले के बुझ्नुहुन्छ ? संघीय नेपालमा अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि गरिएका प्रयास लेख्नुहोस् ।

२.     आय–आर्जनका सबै आर्थिक क्रियाकलापलाई आयकरको दायराभित्र ल्याउन के–कस्तो भूमिका अपनाउनुपर्ला ? यसले कसरी राजस्वमा योगदान पुग्छ ? आफ्नो राय प्रस्तुत गर्नुहोस् ।

३.     संघीयतामा राजस्वको बाँडफाँड भन्नाले के बुझिन्छ ? नेपालमा राजस्वसम्बन्धी के–कस्ता प्रावधान छन् ? लेख्नुहोस् ।

४.     नेपालको आयकर प्रणालीमा के–कस्ता चुनौती तथा समस्या छन्, तिनका समाधानका उपाय के हुन सक्छन् ? लेख्नुहोस् ।

५. कर नीति भन्नाले के बुझिन्छ ? नेपालले अवलम्बन गरेको कर नीतिका विशेषता लेख्नुहोस् ।

६. आर्थिक नीति भनेको के हो ? आर्थिक नीतिको आवश्यकता र महत्व उल्लेख गर्नुहोस् । 

७.     नेपालमा राजस्व प्रशासनको वर्तमान संगठनात्मक स्वरूपबारे लेख्नुहोस् ।

८.     मौद्रिक नीति भनेको के हो ? मौद्रिक नीतिका प्रकार उल्लेख गर्दै मौद्रिक नीति तर्र्जुमा गर्दा के–कस्तो आधार लिइन्छ ? लेख्नुहोस् ।

९.     बजेट भनेको के हो ? बजेट र योजनाबीच कस्तो अन्तरसम्बन्ध पाउनुहुन्छ ? उल्लेख गर्नुहोस् । 

१०. नेपालको वर्तमान संविधानअनुसार राजस्व र व्ययको अनुमान गरी संसद्मा बजेट प्रस्तुत गर्दा कुन–कुन विषय समावेश गरिन्छ ? उल्लेख गर्नुहोस् ।

टिप्स 

  • परीक्षार्थीले पढ्ने र लेख्ने दुवै बानी गर्नुपर्छ, जसले गर्दा परीक्षामा सहज हुन्छ ।
  • परीक्षार्थीले बढी अंक प्राप्त गर्न योजना बनाएर पढ्ने बानी गर्नुपर्छ । परीक्षा हलमा पुगेपछि प्रश्न राम्रोसँग पढ्नुपर्छ । 
  • परीक्षार्थीले मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनुपर्छ । आत्मबल उच्च हुनु जरुरी हुन्छ । 
  • परीक्षासँग जोडिएर मनमा डर ल्याउनु हुँदैन । म कमजोर छु भन्ने होइन कि म सक्षम छु भन्ने मान्यतासहित परीक्षा हलमा पस्नुपर्छ । र, हरेक प्रश्नको सामना गर्न सक्छु भन्ने आत्मबल हुनुपर्छ ।
  • परीक्षा हलमा जाँदा पर्याप्त समय लिएर जानुपर्छ । हतारमा जाँदा बाटोमा केही समस्या पर्न सक्छ । समयमै आफ्नो कोठामा पस्नु र बस्नुपर्छ । 
  • प्रश्नपत्र हात परेपछि राम्रोसँग अध्ययन गर्नुपर्छ । आफ्नो कापी अरूलाई हेर्न दिनु हुँदैन । परीक्षामा लेख्ने समयमा केही समस्या आउन दिनु हुँदैन । परीक्षा अवधिका बीचमा सकेसम्म बाहिर जानु हुँदैन । समयको एकदमै ख्याल गर्नुपर्छ ।
  • परीक्षार्थीले परीक्षाको दिन नयाँ कलमभन्दा पनि एक–दुई दिनदेखि चलाइरहेको कलमले लेख्दा राम्रो हुन्छ । 
  • विषयवस्तुबारे कुन किताबमा के लेखेको छ वा कसले के लेखेको छ भन्ने भन्दा पनि सबै पढेर आफैँले बुझ्न जरुरी हुन्छ । आफूले बुझेर आफ्नो बुझाइलाई स्पष्ट पार्नुपर्छ ।
  • परीक्षार्थीहरू अर्काको शैली चोर्न खोज्छन् । पढ्दा अरूबाट सुझाब लिने हो, तर अर्काको शैली चोरेर लोकसेवाको परीक्षामा परीक्षार्थी पास हुन सक्दैन ।