१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंक र उपाय सर्भिसेसबीच सहकार्य

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०६:३४:००

एनआइसी एसिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सहकार्यात्मक सहमति भएको छ । सहमतिसँगै बैंकका सेवाग्राहीले उपायले प्रदान गर्ने व्यावसायिक परामर्श सेवा छुट पाउने भएका छन् । 

सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवामा बैंकका ग्राहकले डिजिटल च्यानल प्रणालीमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेसका अध्यक्ष सुमन रायमाझीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

उपाय सर्भिसेज कानुन, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रका अनुभवी व्यक्तिद्वारा प्रवद्र्घित तथा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । कम्पनीका सेवाग्राहीले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवा, करसँग सम्बन्धित कागजात तयारलगायत सुविधा पाउनेछन् ।