मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अलाइभ ग्लाइडर उद्यमी
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:२२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नाइट लाइफ ‘मेडिटेसन’ हो

रहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:२२:००

समाजले नाइट लाइफ भनेपछि अलि फरक नजरले हेर्छ । तर, नाइट लाइफ भनेको पनि एक किसिमले मेडिटेसन नै हो । ठिक्क पिउने, हिँड्ने, नाच्ने हो भने स्वस्थ भइन्छ । नाइट लाइफले मान्छेमा डिप्रेसन र फ्रस्टेसन पनि कम गराउँछ । किनकि, मान्छेले नाइट लाइफबाट इन्जोय गरिरहेको हुन्छ । महिनामा एक÷दुई दिन क्लबमा जाने, ठिक्क खाने, नाच्ने रमाउने र समयमा घरमा पुगेर सुत्ने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

तर, ओभर ड्रिंकिङ, ओभर नाइट स्टे लाभदायक हुन्न । यसले डिप्रेसन रोग बढाउँछ । मैले पनि दरबारमार्गमा किंग्स लउन्ज चलाउँछु । मेरो क्लबमा आएर मान्छेहरू रमाइलो गर्छन्, खुसी हुन्छन् । दुःख, पीडा बिर्सिन्छन् । यो सकारात्मक पक्ष नै हौ । नाइट लाइफ आज जीवनको एउटा पाटो बनिसक्यो ।

नेपालमा लाइट लाइफ कल्चर बढ्दै गइरहेको छ । पहिला ठमेलमा मात्र नाइट लाइफ थियो । अहिले दरबारमार्ग, लाजिम्पाट, झम्सिखेललगायत ठाउँमा पनि राम्रा–राम्रा रेस्टुरेन्ट, क्लब र डान्स बार थपिँदै गएका छन् । दोहोरी साँझ पनि उत्तिकै खुलेका छन् ।

हरेक रेस्टुरेन्टमा मान्छे भरिभराउ देखिन्छन् । मान्छेको आम्दानी बढेसँगै परिवार नै क्लब धाउने संस्कृति विकास हुँदै छ । हिजोका दिनमा लाखौँ रुपैयाँ खर्चिएर नाइट लाइफमा रमाउन थाइल्यान्ड, हङकङ धाउनेहरू अहिले देशभित्रै रमाउन थालेका छन् ।