मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लुनिभा तुलाधर, कलाकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कुक बन्न मन छ

रहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:१८:००

मलाई सानोमा चिरफार गर्न एकदम रमाइलो लाग्थ्यो । स्कुलमा भ्यागुता, गड्याैँला चिर्न, साथीहरूको पिलो आएको छ भने सफा गरिदिन रमाइलो लाग्थ्यो । मेरो आमाको इच्छा डाक्टर पढ्ने थियो, तर उहाँले पढ्न पाउनुभएन । त्यसैले हामी दुई छोरीमध्ये कसैले डाक्टर पढे हुन्थ्यो भन्ने थियो । मलाई पनि डाक्टर बन्न मन थियो । 

मेरो फुपु नर्स हुनुहुन्थ्यो । उहाँको झोला हेर्दा पैसा र खानेकुरा देख्थेँ । नर्स बनौँ कि भन्ने पनि लाग्थ्यो । तर, ६ कक्षामा पुगेपछि कलाकार भन्ने सपना देख्न थालेँ । म माधुरी दीक्षितजस्तै बन्न चाहन्थेँ, त्यसैले कलाकारितामा बढी ध्यान दिन थालेँ । मैले एयर होस्टेजका लागि पनि प्रयास गरेको थिएँ । तर, मेरो करिअरको पहिलो टेलिफिल्म होस्टेलमा अभिनयका लागि साइन गरिसकेपछि त्यही दिन एयर होस्टेज बन्नका लागि फोन आएको थियो । त्यसैले म त्यता लागिनँ । 

अहिले १९ वर्ष भयो, कलाकार बन्न पाएकोमा खुसी छु । कहिलेकाहीँ पैसा नभएका वेला, बच्चा बिरामी भएका वेलाचाहिँ एयर होस्टेज बनेको भए पैसा त हुन्थ्यो भन्ने लाग्छ । यदि मैले कलाकारिता छाडेर अर्को पेसा रोज्नुप-यो भने कुक बन्छु । मलाई खाना बनाउन एकदम रमाइलो लाग्छ । आफूले जानेका परिकार बनाएर खुवाउन एकदम रमाइलो लाग्छ । इटालियन खाना पनि मीठो बनाउँछु । त्यसैले कलाकारिता छाड्नुप-यो भने कुक नै बन्छु ।