मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १८:५८:००
Read Time : < 1 मिनेट
विश्व

दुई अण्डाकाे बिल २७ सय, दङ्ग परे ग्राहक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १८:५८:००

भारतको 'फोर सिजन्स होटल'ले आफ्नो ग्राहकसँग दुई अण्डाको बिल करिब २७ सय लिएकाे छ । कार्तिक धर ग्राहकले आफ्नो ट्विटरमार्फत अण्डा खाएको बिल पोस्ट गरेका थिए । पोस्टमा उनले क्याप्सन लेखेका छन्, ‘मुम्बईको फोर सिजन्समा दुई अण्डाको बिल १७०० (२७२० रूपैयाँ) हुँदो रहेछ ।’ 

यसभन्दा पहिले चण्डिगढको 'जेडब्ल्यू मैरियट होटल'मा अभिनेता राहुल बोसले दुई केराको मूल्य ७ सय रूपैयाँ तिरेको बारे चर्चा भएको थियो । यस चर्चासँगै चण्डिगढको उत्पाद एवं कर विभागले होटललाई ४० हजार रूपैयाँ जरिवाना गरेको थियो ।

कार्तिकले राहुल बोसको ट्विटरमा ट्याग गर्दै आन्दोलन गर्ने सुझाएका छन् । होटलको बिलमा दुई उसिनेकाे अण्डाको मूल्य २७ सय दिएको उल्लेख गरेका छन् । होटलले यसबारे कुनै टिप्पणी गरेको छैन । ट्विटरमा एक प्रयोगकर्ताले भनेका छन्, 'यस अण्डामा सुन पनि थियो कि ?' अर्का एक ट्विटरकर्ताले लेखेका छन्, 'पक्कै पनि कुखुरा कोही धनी मान्छेको रहेछ ।' एजेन्सी