मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा चीन
२०७६ श्रावण २७ सोमबार १५:०१:००
Read Time : < 1 मिनेट
विश्व

लेकिमा आँधीबाट ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा चीन
२०७६ श्रावण २७ सोमबार १५:०१:००

चीनमा शनिबार आएको ‘लेकिमा’ नामको आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । 

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएको सोमबार प्राप्त समाचारमा जनाइएको छ । 

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको छ । यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको छ । 

यस आँधीबाट दुई लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो । त्यसैगरी आइतबार राति ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो ।
 
लेकिमाबाट शानडोङ्मा पाँच व्यक्तिको मृत्यु हुनेको साथै अन्य सात जना स्थानीय बेपत्ता भएका छन् । यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन् ।
 
सो प्रान्तमा सोमबार बिहानसम्म १ लाख ८३ हजार ८०० आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ ।