१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १३:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

बकर इद मनाईदै [फाेटाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १३:३६:००

मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाइरहेका छन् ।

नजिकैका मस्जिदहरुमा भेला भएर मुस्लिम समुदायले सोमबारबाट आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाइरहेका हुन । यसै अवसर पारेर काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि भेला भएका उनीहरुले आपसमा शुभकामना आदानप्रदान गरेर सो पर्व मनाइरहेका हुन् । ३ दिनसम्म मनाईने यो पर्वलाई ‘इद–उल–जुहा पनि भनिन्छ । मुस्लिम समुदायले यो पर्वलाई बलिदानीको पर्वको रुपमा पनि लिने गरेका छन ।

हिजरी सम्वत अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्माबलम्बीहरुले बताएका छन् । यस पर्वमा मस्जिदमा जम्मा भई नमाज पढने पनि गरिन्छ । त्यसैगरी यस पर्वमा विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिव एवम् दीनदुःखीलाई बाँडने परम्परा पनि रही आएको छ ।