मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टीका प्रसाईं, गायिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १०:०९:००
Read Time : < 1 मिनेट
नयाँCity

अस्ट्रेलियाको तास्मानिया मन पर्छ

गन्तव्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार १०:०९:००

मलाई मन पर्ने ठाउँ धेरै छन् । पोखरा त सबैको रोजाइमा पर्छ । मलाई जान मन लागेको, तर आजसम्म अवसर नजुरेको ठाउँ मुस्ताङको जोमसोम हो । विदेशको कुरा गर्दा मलाई अस्ट्रेलिया एकदमै मन पर्छ । त्यसमा पनि तास्मानिया मलाई साह्रै मन प-यो ।

अस्ट्रेलियाका हरेक सिटी सुन्दर छन् । सिड्नीले पनि मेरो मन तानेको थियो । तास्मानियाको हावा एकदमै स्वस्थ मानिँदो रहेछ । त्यसैले होला त्यहाँको हावा किनेर पनि लैजान्छन् भनिँदो रहेछ । त्यो ठाउँ नेपालजस्तै लाग्छ । पहाड पनि उस्तै र सहर पनि काठमाडौंकै सम्झना दिलाउनेजस्तो । एकदमै सफा वातावरण छ त्यहाँ । फर्केको केही समय बितिसक्दा पनि मेरो मन तास्मानियाले तानिरहेको छ ।