Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार ०७:२४:००
Read Time : < 1 मिनेट
समाचार

विद्यार्थीबीच पाककला प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार ०७:२४:००

काठमाडौं/प्रोग्रेसिभ एजुकेसन फोरमले सदस्य विद्यालयका विद्यार्थीबीच अन्तरस्कुल कुकिङ प्रतियोगिता आयोजना गरेको छ । कपनस्थित लभ्ली एन्जल्स स्कुलमा आयोजित प्रतिस्पर्धामा ९ विद्यालयका विद्यार्थीको सहभागिता थियो । 

प्रतियोगितामा न्यु सनसाइन स्कुल, ज्ञानदीप शिक्षा सदन, निमोनिक मोडर्न एकेडेमी र मोक्षदा स्कुल क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हात पार्न सफल भए । प्रतियोगितका सहभागीले तोकिएको दुई घन्टामा स्वादिलो शाकाहारी थकाली खाना सेट तयार पारेका थिए ।

उनीहरूले आफूले तयार गरेको खानालाई भव्य रूपमा सजाएर प्रस्तुत गरेका थिए । कार्यक्रममा फोरमका अध्यक्ष विष्णुप्रसाद पोखरेल, आयोजक विद्यालयका प्रिन्सिपल भीमबहादुर शाही, हेमराज घिमिरेलगायतले यस्ता प्रतियोगिताले विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउने बताए ।  प्रतियोगितामा कक्षा ८ सम्मका ४५ विद्यार्थीको सहभागिता थियो ।