मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २६ आइतबार १३:४१:००
Read Time : < 1 मिनेट
नयाँCity

मेलिनासँग फिल्म खेल्थेँ : हेमन यात्री

Read Time : < 1 मिनेट
२०७६ श्रावण २६ आइतबार १३:४१:००

म नायक भएको भए म मेलिना मानन्धरसँग फिल्म खेल्थेँ होला । मलाई उनको अनुहार मन पर्छ । अभिनयभन्दा ज्यादा उनको व्यक्तित्वको फ्यान हुँ । कुनै वेला उनको फिल्म हेरेर म उनको जस्तै अनुहार भएकी युवती खोजिहिँड्थेँ । उनको जस्तै लुक्स भएकी युवती देख्दा टक्क रोकिएर हेरिरहन्थेँ । मेलिनासँग भेट भएको छैन, मैले भेट्ने प्रयास पनि गरिनँ ।

नायक भएको भए सामाजिक दायित्वका कथावस्तुमा बनेका फिल्म मेरो रोजाइमा पर्थे । त्यसमा मेरो दायित्व पनि हुने खालको कथावस्तु हुन्थ्यो होला । अथवा म डाक्टर भएर खेल्थेँ होला । म त्यो पेसालाई धेरै सम्मान गर्छु । अहिले पनि डाक्टरको कुनै रोल आयो र अवसर पाएँ भने म त्यो भूमिकामा प्रस्तुत हुन सक्छु ।

सिनेमा धेरै हेर्छु
नेपालीबाहेक अंग्रेजी, हिन्दी र अन्य भाषाका फिल्म पनि हेर्छु । मलाई मन प¥यो भने दोहो¥याएर पनि हेर्छु । पछिल्लो समय ‘चक एन्ड डस्टर’ भन्ने हिन्दी फिल्म हेरेको थिएँ । एउटा शिक्षकको जीवनमाथि बनेको फिल्म हो त्यो । एउटा शिक्षकको प्रभाव कहाँसम्म हुन्छ भन्ने थिममा छ त्यो फिल्म ।

छोरोसँग फिल्म हेर्न जान्छु
नयाँ फिल्म रिलिज हुँदा हलमै गएर हेर्छु । म प्रायः पाँच वर्षको छोरालाई लिएर हलसम्म जान्छु । फिल्म हेरेर उसले पनि इन्जोय गर्छ । कहिलेकाहीँ एक्लै पनि गइदिन्छु ।

मिथिला शर्मा मनपर्छ
अभिनेत्री मिथिला शर्मा मलाई मन पर्छ । खासमा उहाँको अभिनयको फ्यान हुँ म । उहाँको अभिनयमा जीवन्तता हुन्छ ।