मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:३६:००
Read Time : < 1 मिनेट
नयाँCity

डोल्पा मेरो बेस्ट प्लेस : सुमन पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:३६:००

धेरै पहिले डोल्पो पुगेको थिएँ । डोल्पाको जुफाल एयरपोर्टमा झरेर हिँड्दै दुनैसम्म गइयो । भेरी खोलाको किनारमा भर्खर ‘ब्लु सिप’ होटेल खुलेको रहेछ । हमाल थरका व्यवसायीले काठैकाठको होटल बनाएका रहेछन् । त्यहीँ बसियो, छुट्टै आनन्द आयो । डोल्पाका मान्छे, त्यहाँको बसाइँ रोमाञ्चक छ । त्यहाँका घर माहुरीका चाकाजस्तै रहेछन्, एउटा घरको छानामाथि अर्को घर, त्यसमाथि पनि अर्को ।

सुमन पाण्डे, व्यवसायी

त्यहाँका मान्छेले लगाएको लुगा, जीउको मयल, खानामाथि भुनभुनाउने झिँगा, त्यहाँको जीवनशैली मलाई गज्जबै लाग्यो । भेरी खोलाको सेतो पानी कलकल बगिरहेको छ । चिसो हावा । रूख पनि आकर्षक देखिन्छन् । त्यहाँ पुग्दा साह्रै आनन्द आयो । मलाई स्वर्ग भनेको डोल्पो रहेछ कि भन्ने पनि लाग्यो । त्यसपछि मेरो बेस्ट प्लेस नै डोल्पो बन्यो ।