मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २५ शनिबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार

वातावरण नजोगाए मान्छे डाइनोसर बन्ने खतरा :  मन्त्री बास्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २५ शनिबार १७:०४:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् ।

सूर्यविनायक नगरपालिका-२ बालकोटमा शनिबार सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियान आरम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा औंल्याए । ‘औद्योगीकरणले प्रदूषण बढाएको र हिमाललाई असर परिरहेको छ,’  उनले प्रश्न गरे, ‘अब मानिस डाइनोसर हुने कि नहुने ?’

उनले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो संकट आउने बताए । उनले ठूला औद्योगीकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताए । 

उनले अर्काे प्रसंगमा गल्ती आफु गर्ने दोष सरकारलाई दिने प्रवृत्ति बढेको आरोप लगाए । ‘बाटो मिच्ने अनि फराकिलो बनाएन भनेर सरकारलाई गाली गर्ने,’ उनले भने, ‘घरको फोहर बाटोमा ल्याएर फ्याल्ने अनि फोहर भो भनेर सरकारलाई गाली गर्ने प्रवृत्ति त्याग्नु पर्छ ।’

कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले अबका तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने बताए । 
भक्तपुर रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढेको चर्चा गर्दै उनले राज्यको लगानीबिना नै सुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन हुने जानकारी दिए । 

पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ ।