Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७५ पौष २१ शनिबार १०:५९:००
Read Time : < 1 मिनेट
खेलकुद

मार्कोकी श्रीमतीको बार्सिलोनामै बस्ने रहर

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २१ शनिबार १०:५९:००

चार वर्षअघि जर्मन राष्ट्रिय टोलीका गोलरक्षक मार्को एन्ड्रे बार्सिलोनामा अनुबन्ध भएका थिए । जर्मन क्लब बोरुसिया मान्चेग्लाबचबाट २ करोड ४० लाखमा न्युकाम्पमा छिरेका मार्को अहिले बार्सिलोनाकै नम्बर एक गोलरक्षकका रूपमा स्थापित भएका छन् । बार्सिलोनामा मार्को मात्र होइनन, उनकी श्रीमती ड्यानी टेर स्टेगेने पनि रमाइरहेकी छिन् । स्टेगेन डच नागरिक हुन् । बार्सिलोनाको बसाइमा आफू निकै खुसी भएको ड्यानीले बताएकी छिन् । स्पेन बसाइका क्रममा उनी आर्टिटेक्टर अध्ययन गरिरहेकी थिइन् । 

उनी जर्मनीभन्दा पनि बार्सिलोना नै खुबै मन परेको बताउँछिन् । श्रीमान् मार्कोसँग बार्सिलोनामै पछिसम्म घरजम गर्ने सुरसार ड्यानीको छ । ‘यहाँ आएको चार वर्ष भयो तर मैले प्रत्येक दिन रोमान्चित हुने गरेकी छु,’ मार्कोकी श्रीमती ड्यार्नीले स्पेनिस मिडियासमक्ष आफ्नो भनाइ पोखेकी छिन्, ‘मेरो पढाइ पनि यहाँ राम्रो चलिरहेको छ ।’ सन् २०१२ मा ड्यानी र मार्कोबीच पहिलोपटक भेट भएको थियो । त्यसपछि उनीहरू पाँच वर्षसम्म डेटिङमा रहे । सन् २०१७ मा दुवैले सामाजिक सञ्जाल फेसबुक लाइभ भिडियोमा इन्गेजमेन्ट गरे । इन्गेजमेन्टको एक महिनापछि थोरै साथी र परिवारका उनीहरू वैवाहिक बन्धनमा बाँधिए । 

यता मार्को पनि आफ्नी श्रीमती ड्यानीबाट खुसी भएको झझल्को दिनेगर्छन् । श्रीमती ड्यानीसँग बिताएका रमाइला क्षणहरू उनी इन्स्ट्राग्राममा पोस्ट गर्छन् । फुर्सद पाएसम्म मार्को इन्स्ट्राग्राममा आएका कमेन्ट्सका रिप्लाइ पनि दिन्छन् । यस सिजनको क्रिसमस ब्रेकमा यी दुवै जोडी क्यारिबियन ट्रिपमा निस्किए । मार्कोले अहिलेसम्म बार्सिलोनाबाट ९७ खेलमा गोलरक्षक भूमिका निर्वाह गरेका छन् । यसैगरी, उनी सन् २०१२ देखि निरन्तर रूपमा जर्मनी टोलीमा छन् ।