मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २३ बिहीबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व

८१ वर्षीय यी मानिस, जसले बचाए २४ लाख बच्चाको ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २३ बिहीबार १६:२६:००

अस्ट्रेलियाका जेम्स हैरिसन देशभर चर्चित छन् । उनी ‘म्यान विद द गोल्डेन आर्म’ले समेत चर्चित बनेका छन् । यो चर्चा उनले त्यत्तिकै पाएका भने होएनन् । 

यसका लागि हैरिसनले २४ लाख बालबालिकालाई बचाएका छन् । तर, उनी डाक्टर होइनन् । यसका लागि उनले पछिल्लो ८ वर्षदेखि रक्तदान गर्दै आएका छन् । उनको रगतमा रोगसँग लड्न सक्ने अचुक क्षमता रहेको छ । उनको रगतको सहयोगमा डाक्टरहरुले बच्चामा लाग्ने रिसस रोगका लागि ‘एन्टी डी’ नामक औषधी बनाएका छन् । 

डाक्टरका अनुसार गर्भवती महिलाको पेटमा नै केही बच्चाहरुलाई रिसस नामक रोग लाग्ने गर्दछ । यसले बच्चाको रक्त कोशिकालाई विनास गर्छ । यस अवस्थामा बच्चाको दिमागमा गम्भिर असर पुग्दछ । कुनै बच्चाको मृत्युसमेत हुने गर्दछ । तर, यस अवस्थामा हैरिसनको रगत सबैभन्दा शक्तिशाली उपचार विधि भएको छ । एजेन्सी