मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार १४:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पिउने पानीको नाममा राष्ट्रिय ढुकुटी दुरुपयोग नहोस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार १४:२२:००

प्रतिनिधीसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’माथि को सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पानी किन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरेका छन् । उनीहरुले खानेपानीको स्रोत संरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

सांसद पुष्पा भुसालले पिउने पानीको नाममा राष्ट्रिय ढुकुटी दुरुपयोग गर्ने काम भइरहेको भन्दै यस्ता घटनाहरु कुनै पनि आयोजनामा नदोहोर्याउन सरकारलाई सचेत गराइन् । मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको समयमा फेरी पनि विभिन्न वहानामा राज्यकोषको ढुकुटीको दुरुपयोग गर्ने काम भएको भन्दै उनले आगामी दिनमा त्यसो हुँन नदिन मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले भनिन् 'कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईको समयमा मेलम्चीको खानेपानी काठमाडौं बासीहरुलाई काकाकुलयुक्त जीवनबाट मुक्ति दिलाउनका लागि योजना आयो तर आज यही दशैं सम्ममा हरेकका घर घरमा मेलम्ची खानेपानी पुग्नेछ भनेर भन्दै गर्दा जनताको करबाट उठाएको करोडौं पैसालाई फेरी मन्त्रालयले लगानी गर्नु परेको छ । यो दुखद कुरा हो ।' उनले कानुन कार्यान्वयनमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद खगराज अधिकारीले पानीको मुहानमा देखिएको विवादका कारण विभिन्न स्थानमा पिउने पानीमा समस्या खेप्दै आउनुपरेको उल्लेख गर्दै पानीको मुहान, खोलालगायत सबै सरकारको हुने व्यवस्था कानुनमा गरिनुपर्ने बताए । उनले सिंचाईलाई लिफ्टमा अनुदान दिने गरिएको उल्लेख गर्दै उनले पीउने पानीमा लिफ्ट प्रयोग गरिएको भए विद्युत् महसुल अनुदान गर्ने व्यवस्था कानुनमा उललेख गर्न सुझाव दिए । 

सांसद बिमला बिकले पानी किनेर खाने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएन् । स्वच्छ पिउने पानीको अधिकार मौलिक अधिकारको विषय भएकाले किनेर पानी पिउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको तर्क थियो । उनले विपन्न र दलित समुदायहरु अहिले पनि स्वच्छ पिउने पानीको पहुँचबाट टाढा रहेको भन्दै अत्यन्तै जोखिम र संकटमा भएका समुदाय क्षेत्र किटान गर्नुपर्ने आवश्यकता औल्याइन् । 

त्यसैगरी सांसद प्रेम सुवालले शिक्षा स्वास्थ्य र खानेपानीलाई निजीकरण गर्न नहुने बताए । काठमाडौं उपत्यका वरपरको खानेपानीको स्रोतलाई संरक्षण गरेको भए मेलम्चीका लागि ठुलो लगानी गर्नुनपर्ने भन्दै उनले उपत्यकाका नदी, खोला र पोखरी संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । 

बैठकमा खानेपानी मन्त्री बिना मगरले ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।