Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०९:०१:००
Read Time : > 1 मिनेट
सप्तरंग

क-कसको छ बलिउडमा व्यस्त सेड्युल ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०९:०१:००

अक्षयकुमार
अभिनेता अक्षयकुमार वर्ष २०१९ मा पाँचवटा फिल्ममा देखिनेछन् । उनका ‘केसरी’, ‘मिसन मंगल’, ‘हाउसफुल ४’, ‘गुड न्युज’ र ‘सूर्यवंशी’ हेर्न दर्शक प्रतीक्षामा छन् । सन् २०१८ मा उनले अभिनय गरेको ‘२.०’ले बलिउड बक्स अफिसमा सर्वाधिक दोस्रो कलेक्सन गरेको थियो । 

सुशान्तसिंह राजपूत
सुशान्तसिंह राजपुत अचेल फिल्म ‘केदारनाथ’को सफलताको स्वाद लिइरहेका छन् । सन् २०१९ पनि सुशान्तसिंह राजपुत र उनका फ्यानलाई निकै महत्वपूर्ण रहनेछ । यस वर्ष उनी पाँच फिल्म ‘ड्राइभ’, ‘सोनचिरैया’, ‘छिछोरे’, ‘चन्दा मामा दूर के’, र ‘किज्जी और मैनी’मा देखिँदै छन् । सबै फिल्ममा उनी एकदम फरक भूमिकामा देखिनेछन् ।

आलिया भट्ट 
बलिउडकी क्युट गर्ल आलिया भट्टले गत वर्ष फिल्म ‘राजी’बाट खुब चर्चा बटुलेकी थिइन् । उनको यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो । आलिया वर्ष २०१९ मा यस्तै ठूला फिल्म लिएर आउँदै छिन् । यो वर्ष उनी ‘गली ब्वाय’, ‘कलंक’ र ‘ब्रह्मास्त्र’मा देखिँदै छिन् । हालै ‘गली ब्वाय’को फस्र्ट लुक पनि सार्वजनिक भएको छ । यो फिल्म आउने महिना रिलिज हुँदै छ ।

 अजय देवगण
गत वर्ष अजय देवगण ठूलो पर्दामा एक मात्र फिल्म ‘रेड’मा देखिए । सानो बजेटको यस फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ ग¥यो । अजय देवगण यो वर्ष तीन ठूला फिल्ममा देखिँदै छन्, ‘टोटल धमाल’, ‘दे दे प्यार दे’ र ‘तानी जीः द अनसंग वारियर’ । यी तीन फिल्म लामो समयदेखि चर्चामा छन् । उनका अन्य केही फिल्मको सुटिङ पनि चलिरहेको छ । 

 राजकुमार राव
गत वर्ष केही फिल्मबाट दर्शकको मन जित्न सफल कलाकार राजकुमार राव यस वर्ष पनि केही फिल्म लिएर आउँदै छन् । वर्ष २०१९ मा उनको ‘तुर्रम खाँ’, ‘एक लड्कीको देखा तो ऐसा लगा’, ‘मेन्टल है क्या’, र ‘मेड इन चाइना’जस्ता फिल्ममा देखिनेछन् । यीमध्ये केही फिल्म लामो समयदेखि चर्चामा छन् भने केहीको सुटिङ भइरहेको छ ।