मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘संविधान कार्यान्वयन गराउन कांग्रेस जिम्मेवार बन्नुपर्छ’ : पूर्वराष्ट्रपति यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ११:१०:००

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान पूर्ण कार्यान्वयन गराउन जिम्मेवार बन्न कांग्रेसलाई सुझाव दिएका छन् । पूर्व राष्ट्रपति यादवले कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि स्पष्ट पारे ।

उनले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास पनि व्यक्त गरे । उनले कांग्रेस नेतृत्वलाई गुटउपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् पनि सचेत गराए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै यादवले कांग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै लेखक पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताए । उनले पुस्तकमा कम्युनिस्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिए ।