Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ श्रावण २२ बुधबार ०७:३६:००
Read Time : < 1 मिनेट
अर्थ

बिआरआईबाट प्रदेश–५ ले फाइदा लिन्छ : मुख्यमन्त्री

Read Time : < 1 मिनेट
२०७६ श्रावण २२ बुधबार ०७:३६:००

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) विज्ञ टोलीसँग यसको कार्यान्वयनले प्रदेशले धेरै फाइदा लिने बताएका छन् । बिआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने सक्ने फाइदाबारे मुख्यमन्त्रीले चिनियाँ टोलीलाई प्रदेश सरकारको धारणा राखेका थिए । चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लिउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले बिआरआईमार्फत गर्न सकिने काम र सम्भावनाबारे मुख्यमन्त्रीको धारणा लिएको थियो । 

मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै बिआरआईमार्फत प्रदेशले धेरै लाभ लिने अपेक्षा लिएको जनाएका थिए । नेपालमा बिआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको मुख्यमन्त्री पोख्रेलले राखेका थिए ।

केरुङ–काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्नुका साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्कबिन्दु हुन सक्ने पोख्रेलले बताएका थिए । प्राध्यापक लिउ वी डोउले मुख्यमन्त्रीसँगको छलफलमा बिआरआई परियोजनामार्फत चीनले आफूसँगै छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकाले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताएका थिए ।