नेपालकी प्रथम नायिका हुन्, भुवन चन्द । उनले आमा चलचित्रबाट यो उपनाम पाएकी थिइन् । उनै भुवनले निर्माण गरेको चलचित्र साइनाेले भने सेन्सर बोर्डबाट पिजी चलचित्रको सर्टिफिकेट पाएको छ । अब १६ वर्षभन्दा कम उमेरका दर्शकले उनको चलचित्र हेर्न मन लागे परिवारलाई साथ लिएर हलसम्म जानुपर्नेछ ।
प्रथम नायिका भएकाले भुवनलाई सम्मानका साथ हेरिन्छ । उनले बनाएको फिल्म साइनाेले भने पिजी सर्टिफिकेट पाएपछि फिल्म कस्तो होला भन्ने जिज्ञासासमेत थपिएको छ ।
प्रथम नायिका भएकाले भुवनलाई सम्मानका साथ हेरिन्छ । उनले बनाएको फिल्मले भने पिजी सर्टिफिकेट पाएपछि फिल्म कस्तो होला भन्ने जिज्ञासासमेत थपिएको छ । भुवनले नै बनाएको फिल्मले पिजी सर्टिफिकेट पाउनुलाई धेरै फिल्मकर्मीले गम्भीर रूपमा लिएका छन् । उनीहरूको एउटै भनाइ छ, ‘सम्मानित नायिकाको फिल्मले पिजी सर्टिफिकेट नपाएको भए हुने थियो ।’ फिल्ममा भुवनसँगै नीता ढुंगाना, राजकुमार, मिरुना मगरलगायतको अभिनय छ ।