१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण १९ आइतबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विषादी परीक्षणबारे भारतीय दुतावासको पत्र प्रधानमन्त्रीलाई दिन ढिला भयो : कृषिमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण १९ आइतबार १७:०२:००

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्वीकारेका छन् । 

प्रधानमन्त्री ओलीले २१ जेठमा त्यस विषयमा बोलेको र त्यसको दूई दिन पछि मात्रै भारतीय दुतावासको पत्र दिनु गल्ती भएको उनले बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्रीले बोल्नु अघि नै सो पत्र नदिएर आफ्नो मन्त्रालयले गल्ती गरेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले सो सम्बन्धमा भारतबाट कुनै दवाव नआएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नु भयो,’ उनले भने, ‘त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो, हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो ।’

मन्त्री खनालले भारतबाट आयातित विषादी परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएको बताए । मन्त्री खनालले आयातित तरकारीमा विषादि परीक्षणको काम रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराएका थिए । 
समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भिरतापूर्वक नलिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।