Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १९ आइतबार १०:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मुखको क्यान्सर पुरुषमा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १९ आइतबार १०:५४:००

डा. रश्मि पुन गुरुङ
क्यान्सररोग विशेषज्ञ
नेपाल मेडिकल कलेज तथा 
क्यान्सर रिसर्च सेन्टर

कारण

  • निकोटिनयुक्त पदार्थको सेवन मुखको क्यान्सरको प्रमुख कारण हो । वयस्क पुरुषमा क्यान्सरको जोखिम बढी हुनुमा धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुख्य भुमिका खेलिरहेको हुन्छ । यसबाहेक वंशाणुगत गुणका कारण पनि कतिपयमा क्यान्सरको सम्भावना रहन्छ । तर, यो एकदमै थोरै मानिसमा मात्र हुने गर्छ ।  
  • अत्यधिक रक्सी सेवन गर्ने मानिसमा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । रोगप्रतिरोधी क्षमता कमजोर भएकामा पनि यो समसया हुने गर्छ । 
  • भाइरसको संक्रमणबाट समेत मुखको क्यान्सर हुन्छ । एचपिबी १६ नामक भाइरसको संक्रमणका कारण क्यान्सर हुन्छ । शरीरमा पोषणको कमीबाट पनि क्यान्सर हुने अवस्था सिर्जना हुन्छ । साथै, अल्ट्राभाइलेट रे, आयोनाइजिङ विकिरण, एक्सरे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ ।

वयस्क पुरुषमा क्यान्सरको जोखिम बढी हुनुमा धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुख्य भूमिका खेलिरहेको पाइन्छ ।

लक्षण 

  • मुखमा कुनै प्रकारको अल्सर वा घाउ तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखको कुनै भागमा मासु पलाएमा वा आकार बिस्तारै बढ्दै गएमा, विनाकारण दाँत हल्लिएमा, दाँत निकालेको ठाँउमा एक्कासि मासु पलाउन थालेमा तथा घाँटीमा गिर्खा देखिएमा त्यो मुखको क्यान्सरका लक्षण हुन सक्छन् । तर, घाउ र गिर्खा हेरेर मात्र क्यान्सर भएको यकिन गर्न सकिँदैन । मुखको क्यान्सर भए÷नभएको पत्ता लगाउन बायोप्सी अर्थात् मासुको जाँच गर्नुपर्ने हुन्छ  ।
  • मुख र गिजामा घाउ भएर रक्तश्राव हुने, खाना खान अप्ठ्यारो हुने, कमजोरीपन बढ्दै जाने र रक्तअल्पता हुनेजस्ता लक्षण देखिन्छन् । 

रोकथाम र उपचार

  • सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवनबाट टाढा रहन सकेमा मुखको क्यान्सर हुनबाट धेरै हदसम्म बच्न सकिन्छ । 
  • मुखमा कुनै किसिमको घाउ देखिएमा चिकित्सकलाई देखाउनुपर्छ । समयमै उपचार गर्न सकेमा क्यान्सर निको हुनुका साथै अन्य विकृतिबाट पनि जोगाउन सकिन्छ । 
  • क्यान्सर भएको यकिन भएमा शल्यक्रिया, किमोथेरापी र रेडियोथरापीजस्ता पद्धतिबाट उपचार गर्न सकिन्छ । 
  • मुखका अंग, तन्तुका कोषको अनियन्त्रित तथा अस्वाभाविक वृद्धि हुनुलाई मुखको क्यान्सर भनिन्छ । क्यान्सरले आफूनजिकका तन्तुलाई असर पार्छ । तन्तु, रगत, लिम्फ आदिका माध्यमले शरीरका एक स्थानबाट अर्कोमा सर्ने भएकाले क्यान्सर घातक हुन्छ । नेपालमा मुखको क्यान्सरको अवस्था भयावह छ । मुखको क्यान्सर महिलाको तुलनामा पुरुषमा धेरै भेटिन्छ । विशेषगरी, ४० वर्षमाथिका पुरुष मुखको क्यान्सरबाट बढी प्रभावित भएको पाइन्छ ।