१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १८ शनिबार १२:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

दोलखा पहिरो अपडेट : १० घर पुरिए, २ जना वेपत्ता [तस्बिरहरु] 

Read Time : > 1 मिनेट
२०७६ श्रावण १८ शनिबार १२:१९:००

दोलखाको गौरीशंकर गाउँपालिका १ जुँगुमा गएराति गएको भिषण पहिरोमा परेर वेपत्ता भएका दुई जना फेला परेका छैनन् । पहिरोले १० भन्दा बढी घर पुरेको छ । 

जुँगुस्थित च्यासेभीरको तीन ठाउँबाट झगडेधारो गाउँ तर्फ झरेको पहिरोले १० घर पुरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

पीडितको उद्दारका लागि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालसहितको सरकारी टोली अहिले जुँगु तर्फ गएको छ ।  जुँगुका वडाध्यक्ष झलकु कुमार कार्कीले राति आएको पहिरोले  झगडेधारोका २१ मध्ये १० घर पुरिएको बताए । अन्य ११ घरमा लेदो तथा ढुंगा, माटो पसेको छ । राति १० बजेदेखि पहिरो जान थाले पनि स्थानीय रातारात सुरक्षित स्थानतर्फ जान सफल भएका थिए । 

झगडेधारोसम्म पुगेको पहिरोको छिर्का त्यो भन्दा तल्लो बस्ती बिरम्सीसम्म पुगेको थियो । बिरम्सीबासी पनि रातिनै सुरक्षित स्थान तफै लागेका थिए । वडाध्यक्ष कार्कीका अनुसार भाग्ने क्रममा बिरम्सीका ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् । पहिरोको कारण झगडेधारोका २१ परिवार बिचल्लीमा छन् । 

यस्तै गौरीशंकर गाउँपालिका २ को गैरी र उखुबारीको बिचमा रहेको खहरेमा आएको बाढीमा फसेको बसका यात्रुलाई उद्धार गर्न गएका स्थानीय निशान खड्का पनि रातिदेखि नै बेपत्ता भएका छन् । 

यात्रु बोकेर नाम्दु–क्षेत्रपा सडक हुँदै जुँगुका लागी हिडेको बस जुँगु खोलामा आएको बाढीमा फसेको थियो । प्रहरी र स्थानीयसँगै उद्धार गर्न पुगेका खड्का रातिदेखि नै वेपत्ता रहेको र हालम्म फेला नपरेको प्रहरीले जनाएको छ । पीडितहरुको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति र अन्य सामाजिक संस्थाहरुले राहत सामाग्री बोकेर गइरहेको प्रहरीले जनाएको छ ।