मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १७ शुक्रबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार

नख्खु कारागारमा कैदीबीच झगडा हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १७ शुक्रबार १५:०७:००

ललितपुरस्थित नख्खु कारागारमा कैदीबीच कुटाकुट हुँदा एक कैदीको मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे १ बजे भएको झगडामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको हो । 

कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । 

ब्लक प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारको लागि ट्रमा सेन्टर लगिएकाे थियाे । साढे २ बजे उनकाे उपचारकाे क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवत्ता डीएसपी नारायण प्रसाद चिमाेरियाले बताए ।