मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १७ शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार

पानी ट्याङ्की भित्र तीन वर्षीय बालकको शव फेला

Read Time : < 1 मिनेट
२०७६ श्रावण १७ शुक्रबार ११:३९:००

बनेपा नगरपालिका ६ मा डेरा गरी बस्दै आएका ध्रुव खरेलका तीन वर्षीय छोरा अभिनव शुक्रबार बिहान पानी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन् । 

मृत भेटिएका अभिनवलाई एक घण्टा अघि मात्र ओछ्यानमै छाडेर उनीहरु पानी लिन गएका थिए । कोठामा बुवालाई नाती हेर्दै गर्नु भनेर हिँडेका खरेल दम्पती पानी लिएर आउँदा छोरा हराइसकेको बताउँछन् ।

बालकका बुवा ध्रुव खरेलले आफू पानी लिन निस्किएको बेला बुवा चर्पी गएको र सोही समयमा छोरा हराएको हुनसक्ने बताए । छोरो हराएपछि खोजी गर्ने क्रममा रिजर्ब ट्यांकी खोलेर हेर्दा मृत अवस्थामा फेला परेको उनले बताए । तीन वर्षको बालकले ट्याङ्कीको ढकन खोल्न नसक्ने बताउँदै अभिनवको कसैले हत्या गरेर फालिएको हुनसक्ने उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले घटना शंकास्पद भएकोले शूक्ष्म अनुसन्धान गरी सत्य छिट्टै बाहिर ल्याउने बताए । निदाइरहेको बालकको केही समयपछि नै ट्याङ्की भित्र शव भेटिनु रहस्यमय भएको भन्दै स्थानीयले सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

चितवनको राप्ती नगरपालिका स्थाई घर भएका खरेल दम्पती बनेपामा डेरा गरी बसेका थिए । दम्पती डेरा नजिक ग्यारेज सञ्चालन गर्दै आएका थिए ।