Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ श्रावण १७ शुक्रबार ०८:०३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

गर्मी मौसमका लागि डे पार्टी मेकअप टिप्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ श्रावण १७ शुक्रबार ०८:०३:००
ममता रार्ई, मेकअप ब्युटिसियन

जो–कोही हिजोआज आफूलाई स्मार्ट देखाउन चाहन्छन् । अझ पार्टीमा सहभागी हुँदा पहिरनसँगै राम्रो मेकअप गरेर जान सबैको इच्छा हुन्छ । थोरै मात्रै मेकअप ज्ञानले तपाईंको व्यक्तित्वमा धेरै फरक पार्छ । यसका लागि हामी घरैमा आफैँ सामान्य पार्टी मेकअप गर्न सक्छौँ । त्यसमा पनि गर्मी मौसममा पसिना र पानीले मेकअप लत्पतिने डर हुन्छ । त्यसैले, अब जान्नुहोस्, गर्मी मौसममा पार्टीमा जानुअघि घरमै गरिने मेकअप टिप्स :

अनुहारमा आइस क्युब  र टोनर लगाउनुहोस्
मेकअप सुरु गर्नुअघि अनुहारको सबैतिर आइस क्युब बिस्तारै दल्नुहोस् । यसले अनुहारलाई फ्रेस लुक दिनुका साथै मेकअप धेरैबेरसम्म टिक्न मद्दत गर्छ । त्यसपछि टोनर लगाउनुहोस् । टोनरले स्किन टाइट बनाउन सहयोग गर्छ । साथै, मेकअप अड्याउन पनि मद्दत गर्छ । 
सुरुमा आँखाको मेकअप 
अनुहारमा आइस क्युब र टोनर लगाएपछि आँखाको मेकअप सुरु गर्नुपर्छ । आँखाको मेकअप गर्दा त्यसको आकार र बनोटलाई ध्यान दिनुपर्छ । सोहीअनुसार मेकअप सुरु गनुपर्छ । 

आँखाको मेकअप गर्दा सबैभन्दा पहिला आइब्रो कोर्ने । अनुहारको सेपअनुसार आइब्रो कोर्न जरुरी छ । त्यसपछि आइब्रोलाई कन्सिलरले सेप दिने । बेस लगाउने । यत्ति गरेपछि आँखाको बनोट (चिम्सा वा ठूलो आँखा) कस्तो छ सोहीअनुसार बनाउने । चिम्सा अथवा सानो आँखामा स्मोकी बनाई हाफ कट क्रिएट गर्नु राम्रो । यसले ठूलो देखाउँछ । अथवा स्मोकी आई मेकअप गर्दा मात्रै पनि राम्रो हुन्छ । त्यसमा हल्का ग्लिटर लगाउँदा झनै राम्रो हुन्छ । ठूलो आँखामा भने साइड स्मोकीमा हल्का ग्लिटर लगाउनु राम्रो मानिन्छ । आइस्याडोको काम सकेपछि आइलाइनर र त्यसपछि मस्कारा लगाउनुपर्छ । डे पार्टीमा आइल्यासेस नलगाउँदा राम्रो हुन्छ । 

मोस्चराइजर
आँखाको मेकअप सकेपछि अनुहारको मेकअप सुरु गर्नुपर्छ । मोस्चराइजर लगाउनुपर्छ । यसले छाला नरम बनाउँछ । साथै, ब्लेन्डिङ गर्न पनि सजिलो बनाउँछ । 
प्राइमर
प्राइमरले अनुहारमा भएको पोर्सहरूलाई छोप्छ । त्यसैले, यो छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । छाला चिल्लो वा सुक्खा कस्तो छ, सोहीअनुसार छान्न जरुरी छ । अनुहारभरि बस्ने गरी बिस्तारै ब्लेन्ड गर्नुपर्छ । 
म्याट फाउन्डेसन
गर्मी मौसममा म्याट फाउन्डेसनको प्रयोग गर्नुपर्छ । नत्र पसिनाले मेकअप बग्ने सम्भावना बढी हुन्छ । म्याट फाउन्डेसनले बग्नबाट रोक्छ । यसलाई पनि अनुहारभरि बस्ने गरी दल्नुपर्छ । 

कम्प्याक्ट अथवा लुज पाउडर 
म्याट फाउन्डेसन, कम्प्याक्ट र लुज पाउडर लगाउँदा आफ्नो वर्णको पनि ख्याल गर्नुपर्छ । काली, गहुँगोरी र गोरी कुन वर्ण हो त्यहीअनुसारका चिज लिनुपर्छ । वर्णसँग मेल खाएन भने एकदमै भद्धा देखिन्छ । 
काउन्टेरिङ
काउन्टेरिङ भनेको अनुहारलाई सेप दिनु हो । आफूलाई कस्तो सेप बनाउनु छ वा कस्तोले सुहाउँछ सोहीअनुसार कटिङ दिनुपर्छ । काउन्टेरिङ धेरै लाम्चो छ भने हल्का गोलो वा धेरै गोलो छ भने हल्का लाम्चो सेप देखाउन सकिन्छ । 
रोज 
माथि उल्लेखित काम सकेपछि गालामा हल्का रोज लगाउने । आफूलाई इच्छा लागेको रङअनुसार रोजको प्रयोग गर्न सकिन्छ । हल्का रातो वा हल्का पिंक ।
लिपस्टिक
डे पार्टी मेकअप भएकाले अन्तिममा हल्का रङको लिपस्टिक लगाउनुपर्छ । आफ्नो रोजाइअनुसारको रङका लिपिस्टिक लगाउन सकिन्छ ।
हाइलाइटर
मेकअपलाई पूर्णता दिन अन्तिममा हल्का हाइलाइटरको प्रयोग गर्ने । यसले अनुहारलाई चमक दिन्छ । तर, एकदमै कम मात्रामा लगाउने । यत्ति गरेपछि पार्टी मेकअप सकिन्छ । मेकअप सकेपछि सेटिङ स्प्रे लगाउनु पर्छ ।