मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार ०१:४०:००
Read Time : < 1 मिनेट
अर्थ

जगदम्बा स्टिल्स तथा रिद्धिसिद्धि सिमेन्टको प्राविधिक सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार ०१:४०:००

शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिल्सले आफ्ना उत्पादनबारे प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा प्राविधिक सम्मेलनको आयोजना गर्दै आएको छ ।

यसैको निरन्तरतास्वरूप कम्पनीले भक्तपुरमा फलामे छडसम्बन्धी प्राविधिक सम्मेलन आयोजना गरेको छ । निर्माण कार्यमा संलग्न सम्पूर्ण निर्माणकर्मीलाई फलामे छडको प्रयोग तथा राइनो ५०० डीको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।   

कार्यक्रम जगदम्बा स्टिल्स तथा रिद्धिसिद्धि सिमेन्टका प्रतिनिधि आनन्द नेपालले फलामे छडको उपयोगिता, यसको उचित प्रयोग तथा राइनो ५०० डीको विशेषता एवं गुणस्तरबारे चर्चा गरेका थिए ।