मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेशको राजधानी र नामको संसद्मा विषय चर्किँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १०:४७:००

संसद्मा प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय चर्किँदै गएको छ । प्रदेश ५ को नाम र राजधानी सिफारिस गर्न गठन गरेको विशेष समितिको कामले गति नलिएको भन्दै प्रदेश सभामा सांसादले आलोचना सुरु गरेका छन् ।  २४ साउनमा गठन भएको समितिको १२ मंसिरसम्म प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको थियो । सुरुमा तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि समितिको तीन महिना समय थप भएको हो । समिति गठन भएको तीन महिनाभन्दा पनि बढी समय भएपछि समितिको सभापति चयन भएको थियो । झन्डै पाँच महिना हुनै लाग्दा कार्यविधि पारित भएको छ । बिहीबारको बैठकमा केही सांसदले विशेष समितिमा सदस्य थप गर्न र केहीले तीव्र गतिमा काम गर्नुुपर्ने धारणा राखेका थिए । 

नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेश राजधानी पायक पर्ने स्थानमा तोकिनुपर्ने भन्दै विशेष समितिमा छुटेका तीन जिल्लाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने धारणा राखे । बाँके, रुकुम (पूर्व) र नवलपरासीका सांसदको सो समितिमा प्रतिनिधित्व छैन । राजपा सांसद कल्पना पाण्डेले समितिको संयोजक चयन गर्दा तीन महिना बितेको र अब सबै जिल्लाको प्रतिनिधित्वको गराउँदा थप तीन महिना बित्ने बताइन् । समिति विस्तारमा लाग्दा समय त्यत्तिकै बित्ने भएकाले अहिलेकै संरचनाबाट काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । 

बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरमका सांसद सन्तोषकुमार पाण्डेले विशेष समितिले काम नथाल्दै अविश्वासको वातावरण सिर्जना गर्न नहुने बताए । ‘हरेक जिल्लाको प्रतिनिधित्वका कुरा उठाउँदा भोलि गएर सबै जिल्लाका मन्त्री हुनुपर्ने माग उठ्न सक्छ, मुख्यमन्त्री पनि आलोपालो गर्दै सबै जिल्लाका हुनुपर्छ भन्ने आउन सक्छ, तसर्थ यही समितिलाई विश्वास गरेर काम अगाडि बढाऔँ,’ पाण्डेले भने । उनले नामबारे अलमल गर्नुपर्ने अवस्था नरहेको बताए । उनले बुद्ध र लुम्बिनीसँग जोडेर नामाकरण गर्नुपर्ने धारणा राखे । काममा ढिलाइ गर्नुभन्दा मतदानमै जानसमेत तयार हुनुपर्ने उनको भनाइ थियो ।