१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण १६ बिहीबार ०७:३७:००
Read Time : > 1 मिनेट
समाचार

तिलिचोभन्दा पनि बढी उचाइमा ‘कजिन सारा लेक’

Read Time : > 1 मिनेट
२०७६ श्रावण १६ बिहीबार ०७:३७:००

मनाङको सिंगरखर्कमा रहेको कजिन सारा लेकको उचाइ तिलिचो तालको भन्दा पनि बढी रहेको पाइएको छ । चामे गाउँपालिकाको सिंगर खर्कमा रहेको यो ताल समुद्री सतहभन्दा पाँच हजार दुई मिटर उचाइमा छ । तर, विश्वकै सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार तालको खोजी र अध्ययन गर्न गएको टोलीले तालको उचाइ नाप्दा तिलिचोभन्दा उच्च स्थानमा रहेको फेला पारेको छ । उनले भने, ‘सरकारको आधिकारिक निकायले पुष्टि गर्न भने बाँकी छ । आधिकारिक रूपमा उचाइ मापन गर्दा पनि यही उचाइ देखिए सर्वाधिक उचाइमा रहेको ताल यही हुनेछ ।’ ताल चामे गाउँपालिका–४ मा पर्छ । तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ करिब ६ सय मिटर मापन गरिएको छ । गहिराइ भने अनुमान गर्न सकिएको छैन । यस क्षेत्रलाई ‘सिंगर’ भनिएकाले स्थानीयले तालको नाम पनि ‘सिंगर’ राखेका छन् । स्थानीयले याक, चौँरी एवं भेडा चराउने खर्कलाई सिंगर भन्ने गरेको अध्यक्ष घलेले बताए ।

यसरी पत्ता लाग्यो कजिन सारा लेक
विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । यस तालको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर दुई सय मिटर छ । पर्यटन प्रवर्द्धन गर्ने विषयमा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीले गाउँपालिकाका विभिन्न ठाउँको गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याम्पनजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे । उनीहरूले ताल छ भनेपछि सो ठाउँमा जाने निर्णय गरे । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडीगोठाला भैरु गुरुङलाई लिएर चामे गाउँपालिकाका अध्यक्ष घलेसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वन उपभोक्ता समितिका अध्यक्ष एवं पदाधिकारी तथा सदस्यसहित २९ जनाको टोलीले ताल पत्ता लगाएको हो ।

उनीहरू दुई दिनमा तालछेउ पुगे । हिमालबाट हिउँ पग्लिएर आएको पानीले ताल बनेको छ । घलेका अनुसार चामेबाट करिब २४ किलोमिटरको दूरीमा ताल भेटिएको हो । नयाँ ताल भेटिएपछि मनाङको पर्यटनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । यसबाहेक  गंगापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायत मनाङका सम्पदा हुन् ।