मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार ०१:३०:००
Read Time : < 1 मिनेट
अर्थ

ग्लोबल आइएमईका ग्राहकलाई काठमाडौं भ्याली हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार ०१:३०:००

ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौं भ्याली हस्पिटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । बिहीबार बैंक र हस्पिटलबीच भएको सहमतिसँगै ग्राहकले छुट सुविधा पाउने भएका हुन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

काठमाडाैं भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रवीन्द्र ढकालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले काठमाडांै भ्याली हस्पिटलमा उपचार गराउँदा अस्पतालकोे विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।