Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १५ बुधबार २०:२३:००
Read Time : < 1 मिनेट
समाचार

सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढ्छु : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १५ बुधबार २०:२३:००

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । 

घनिष्ट मित्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट निधन भएपछि उनको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको उनले बताए । ‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनुभएको थियो पनि, यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो,’ उनले भने, ‘प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सकेनौं, उहाँलाई हामीले अल्पआयूमै गुमाउनु प¥यो, आज म त्यसै भएर उहाँको उत्तराधिकारीको रुपमा आएको छु, ।’

अधिकारीले उठाएको कदमलाई मन्त्रालयका पदाधिकारीसँग आवश्यक राय, सुझाव लिई अझै माथि उठाउने विश्वास उनले दिलाए । मन्त्रालयको कामलाई अगाडि बढाउने शिलशिलामा पूर्व पर्यटनमन्त्रीहरुको आवश्यक सल्लाह लिएर अघि बढने उनले बताए । 

मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढने उनले प्रतिवद्धता जनाए । उनले निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने बताए ।

याे पनि : योगेश भट्टराई : विद्यार्थी आन्दोलनदेखि मन्त्रीसम्म