१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ मङ्सिर २९ शनिबार २०:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

‘भिडयो कन्फेरेन्स’ मार्फत शान्ति सुरक्षाको जानकारी लिँदै प्रहरी

Read Time : > 1 मिनेट
२०७५ मङ्सिर २९ शनिबार २०:२०:००

कर्णालीको शान्ति सुरक्षाका लागि प्रदेश प्रहरीले डिजिटल प्रविधीलाई अवलम्वन गर्न थालेको छ । कर्णालीका सबै जिल्लाका प्रहरी युनिटहरुसँग महिनामा दुई दिन ‘भिडियो कन्फरेन्स’ गरी सबै जिल्लाको शान्ति सुरक्षाको अवस्था बुभ्ने गरी प्रहरीले योजना बनाएको छ । कर्णालीको भौगोलिक विकटताले सबै स्थानमा तत्काल प्रहरी पुग्न सक्ने अवस्था नभएको भन्दै प्रविधीको प्रयोग गरी कर्णालीको शान्ति सुरक्षा प्रभावकारी बनाईने प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले बताए ।

पहिलो पटक प्रदेश प्रहरीले सुर्खेतमा भिडियो कन्फेरेन्समार्फत सबै जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएको छ । कर्णालीका सबै जिल्लामा प्रहरी कार्यालय र अन्य युनिटहरुसँग भिडियोमार्फत जानकारी लिएको प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले बताए । भिडियो कन्फरेन्समार्फत कर्णालीका सबै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन सहज भएको उनको भनाई छ । ‘कर्णाली प्रदेशको ठुलो भूगोल र प्रहरी जनशक्ति अभावले सबै ठाउँमा प्रहरी पुग्न नसक्ने अवस्थालाई प्रविधीले सहज बनाउने विश्वास लिएका छौ’ उनले भने ।

अपराधिक घटनामा वृद्धि 
कर्णालीमा हरेक बर्ष अपराधिक घटना बढेको प्रहरीको तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार जवरजस्तीकरणी, महिला हिंसा तथा हत्या जस्ता श्रृखलाहरु बढेको छ । गत तीन बर्षको तथ्यांक अनुसार हरेक वर्ष यस्ता घटना बढेको छ । आर्थिक वर्ष २०७२/०७३ मा एक हजार १७ अपराध भएकोमा त्यसको पछिल्लो वर्ष आर्थिक वर्ष २०७३/७४ मा एक हजार ४७ अपराधका घटना भएका छन् भने । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा एक हजार २ सय ४८ वटा घटना भएको प्रहरीले जनाएको छ । 

एक हजार ५ सय दरबन्दी रिक्त  
कर्णालीमा एक प्रहरीलाई झण्डै तीन सय नागरिकहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ ।  कर्णालीका २ सय १५ वटा प्रहरी इकाईमा पाँच हजार ७ सय ९ जना प्रहरीको दरबन्दी छ । जसमा एक हजार ५ सय दरबन्दी रिक्त छ । न्यून जनशक्तिका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएको डिआईजी शाहले बताए ।