मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण १५ बुधबार ०७:५२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् ढाड दुखाइका कारण

Read Time : < 1 मिनेट
२०७६ श्रावण १५ बुधबार ०७:५२:००
  •  ढाड दुख्नुको प्रमुख कारण गलत तरिकाले काम गर्नु वा बस्नु हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्छ । जसले गर्दा दुखाइ हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब ७० प्रतिशतमा मेकानिकल ब्याकपेन हुने गरेको पाइन्छ ।
  •  कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै हुन्छ । एउटै पोजिसनमा बस्दा पछिल्तिरको मांसपेशी बढी नै थाक्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या आउँछ, जुन पोस्चुगल  ब्याकपेन हो ।
  •  चोटपटकबाट मेरुदण्ड भाँचिनु, चिरिनु, नसा च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनु आदि कारणले ढाड दुख्छ । चोटपटक लाग्दा र बसाई नमिल्नुजस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ । यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ ।
  •  मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाइ हुने गर्छ । उक्त संक्रमण ब्याक्टेरियल र टिबी आदिका कारण हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाइ हुन्छ ।
  •  ढाड दुखाइको अन्य प्रमुख कारण ट्युमर र क्यान्सर हो । शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुन सक्छ, जसलाई मायलोमा भनिन्छ । 

उपचार

  •  ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाटै निको हुन्छ । त्यस्तै, फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्युमर र क्यान्सरको पूर्ण उपचार सम्भव छैन ।