Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

जेष्ठ नागरिकको हेरचाह सरकारले गर्छ : मुख्यमन्त्री शाही   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार २०:०६:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जेष्ठ नागरिकहरुको सुरक्षा र हेरचाहको जिम्मा अब सरकारले लिने बताएका छन् ।

शनिबार प्रशान्ति वृद्धाश्रमको २०औं साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले जेष्ठ नागरिक, बालबालिका र असहायको लागि आवास, शिक्षा, सुरक्षा र हेरचाहका लागि कर्णाली सरकारले आवश्यक बजेट बनाई कार्यान्वयन गर्न लागेको बताए । 

अनाथ बालबालिकाका लागि आवास, शिक्षा तथा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि आश्रम बनाईने मुख्यमन्त्री शाहीको भनाई छ । त्यसका लागि कर्णाली सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने गरी योजना बनाउन लागिएको उनले बताए । बृद्धाआश्रममा बस्न बाध्य पारिएका जेष्ठ नागरिकहरुले आफ्नो कोही नभएको अनुभुती दिलाउने गरी प्रदेश सरकारले जिम्मा लिने उनले प्रतिवद्धता जनाए ।

विकासका लागि श्रम 
कर्णालीको समृद्धि र विकासका लागि सबैले श्रम गर्न जरुरी भएको मुख्यमन्त्री शाहीले बताए । श्रम गर्न लाज मान्ने र बसी खान खोज्ने प्रवत्ती विकासको बाधक भएको उनको भनाई छ । ‘हामी काम गर्न लाज मान्छौ अनि कुरा ठुला ठुला गर्छौ कसरी विकास हुन्छ ?’ मुख्यमन्त्री शाहीले प्रश्न गरे । जनताले श्रम गर्ने वातावरण भए राज्यले आम्दानी बढाउन सक्ने र त्यसले नागरिक र राज्यको आर्थिक अवस्था बलियो हुने उनको तर्क छ ।